arrow

गोही प्रजनन केन्द्रमा ३५ वटा बच्चा जन्मिए

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
croc3.jpg.jpeg
गुलरिया (बर्दिया) । बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको गोही प्रजनन केन्द्रमा ३५ वटा घडियाल गोहीका बच्चा जन्मिएका छन् । प्रजनन केन्द्रको स्थापना भएको ३४ वर्षपछि पहिलो पटक बच्चा जन्मिएको हो । 
 
पैँतिस वटा बच्चा बर्दिया राष्ट्रिय निकुञ्जमा जन्मिएको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । बबई नदीबाट गोहीको अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा राखेर बच्चा उत्पादन गर्ने काम प्रभावकारी नभएपछि प्रजनन केन्द्रमा अन्डा ल्याउन छोडिए पछि प्रजनन केन्द्रभित्रकै गोहीले अन्डा पारेका हुन् । 
 
लामो समय पछिको सफलताले निकुञ्जका संरक्षणकर्मी खुसी भएको थापाले बताए । गोहीका बच्चा हुर्काउन चुनौतीसमेत रहेको उनको भनाइ छ । घडियालका बच्चाले साना ताजा माछा खाने भएकाले पनि यिनको आहाराको जोहो गर्न कठिनाइ हुने छ । जन्मिएका बच्चामध्ये मुस्किलले ४÷५ वटा बच्चा बाँच्न सक्ने भएकाले पनि बच्चालाई कठिन हुने थापाले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ