arrow

टिपरले ठक्कर दिदा मोटरसाइकल पछाडि बसेकी ताराकुमारीको मृत्यु

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
dead2.jpg

कर्णाली । टिपरको ठक्करबाट सुर्खेतको छिन्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही गम्भिर घाइते भएको छन् भने पछाडि बस्ने अर्की गम्भीर घाइते उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमै आलेको मृत्यु भएको जानकारी दिए ।

घाइते शाहीको उपचार भइरहेको छ भने टिपरसहित चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ