arrow

एमाले ललितपुर नेतृत्वमा सर्वसम्मत

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
uml-logo.jpg.jpeg
ललितपुर। नेकपा (एमाले) क्षेत्र नम्बर १ मा तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापाको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भएको छ।
 
गत जेठ २९ र ३० गतेको अधिक प्रयासपछि नेतृत्व चयन गर्न सफल भएको निर्वाचन मण्डलका अध्यक्ष सुशीला नेपालले बताइन्।
 
अधिवेशनले क्षेत्रीय उपाध्यक्षमा कवीन्द्र लामा, सचिवमा पुरुषोत्तम हुमागाईं, उपसचिवमा राजेन्द्र न्यौपानेलाई चयन गरेको छ। यसैगरी सदस्यमा दर्शनकुमार विष्ट, विष्णुहरि नकर्मी, रामकुमार केसी, मैया केसी, कुमार न्यौपाने, रवीन्द्र सिलवाल, चीन लामाल, धु्रव सापकोटा, लक्ष्मण न्यौपाने, गायत्री केसी, केशव गिरीलगायत रहेका छन्।
 
नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो तीनवर्षे कार्यकालमा सङ्गठनलाई पूर्णरुपमा चलायमान बनाएर पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरीन्। उनले पार्टीले दिएको निर्देशनलाई सदैव आत्मसात् गर्दै अघि बढ्ने सङ्कल्प गरीन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ