arrow

बोल्न नसक्ने महिलामाथि सशस्त्र प्रहरीको जत्थाले सामुहिक बलात्कार गरेको आरोप

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७३ जेठ ३१ सोमबार
rape.jpg.jpeg
कपिलवस्तु। जिल्लाको  शिवराज नगरपालिका वडा नं १० मा भैसी चराउन गएकी एक महिला सामूहिक बलात्कृत भएकी छन। आइतवार साझं करिब ८ बजे अन्दाजी ३५ बर्षी बोल्न नसक्ने थारु सामुदायकी महिला बलात्कृत भएको प्रहरीले जनाएका छ। चन्द्रौटामा रहेको शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणको पश्चिम छेउमा सो घटना भएको स्थानीयले बताएका छन।  यसै विच सशस्त्र प्रहरी जवान लोकराज वस्ती समेतको जत्थाले वलात्कार गरेको अभियोगमा वस्तीलाई वडा प्रहरी कार्यालय चन्दौटामा बुझाइएको छ।
 
सांझ महिलाले भैसी चराउन आएको बेला छोपी शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका करिब ८ देखी १० जनाको समुहले उनलाई सामतेर हातखुट्टा बाधेर वलात्कार गरी झाडीमा फालेको स्थानीयले आरोप लगाएका छन्। अध्यारो भए पछी बलात्कार गरेको पिडित महिलाले बताइन।  घटना स्थलमा शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणको गेम ड्रेस एक जोर चप्पल,चुरा, साबुन फेला परेको छ। सशस्त्रको गेम ड्रेस ,चप्पल ,चुरा लगायत घटना स्थालको प्रकृति हेर्दा शसस्त्र प्रहरीले नै बलात्कार गरेको हुन सक्ने आंशका गरिएको छ। दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने स्थानीयले माग गरेका छन।  
 
बरामद ड्रेस,चप्पल र साबुन वडा प्रहरी कार्यलाय चन्द्रौटाको नियन्त्रणमा राखिएको छ। पिडित महिलालाई राती नै स्वास्थ्य परिक्षण गराउन शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको हो। स्थानीयले घटनाको छानविन गरी दोषी उपर कारवाही नभएसम्म  पुर्व पश्चिम राजमार्ग आधा घण्टा बन्द गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ