arrow

नयाँ शक्तिले एक वर्ष भित्रै महाधिवेशन गर्ने, ‘प्रतिवेदन तत्काल पारित हुँदैन’

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
baburam-sp.jpg.jpeg
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले अबको एक वर्ष भित्रमा महाधिवेशन गर्ने भएको छ । पार्टी घोषणपछि भएको बन्दसत्रमा क्रममा पेश भएका ३ वटा प्रतिवेदनबारे छलफल गर्दै शक्तिले अबको एक वर्ष भित्रमा महाधिवेशन गरिसक्ने निष्कर्ष निकालेको हो । 
संगठनात्मक सिद्धान्त र विधान, नयाँ शक्तिको आधार तत्व र विकास एवं समृद्धिको मार्गचित्र गरी ३ वटा प्रतिवेदन पेश भएकामा छलफल भएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । 
 
देवकोटाले भने, ‘तत्काल ३ वटै प्रतिवेनमा भएका केही आवश्यक विषय संक्रमणकालिन भन्दै पारित हुने र बाँकी एक वर्ष भित्र महाधिवेशन गर्ने तथा महाधिवेशनबाट टुंगो लगाउने गरी अनुमोदन गरेर सुझावका लागि खुला गरिने छ ।’ सुझावसहित अहिले नै पारित गर्ने गरिँदैन । यद्यपि, विभिन्न प्रतिवेदनबारेको  छलफल सकिएको उनले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ