arrow

नयाँशक्ति पनि अन्ततः कम्युनिष्ट धारमै

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
baburam-sp.jpg.jpeg
काठमाडौं । नेपालको राजनितिक क्षेत्रमा नयाँ पार्टीको रुपमा घोषणा गरिएको नयाँशक्ति नेपाल पार्टी कुन धार तिर लाग्ला भन्ने अहिले धेरैलाई जिज्ञासा र कौतुहलताको विषय बनेको छ । बाम वा गैरबाम मध्ये कुन धार तर्फ लाग्ला भन्ने जिज्ञासा भईरहेकाहरुलाई पार्टी घोषणाका लागि आयोजित कार्यक्रमको झलकले पनि केही छनक दिएको छ । 
 
रातो रङलाई क्रान्तिको रङ मानिन्छ, नेपालमा त्यसलाई कम्युनिष्टहरुले आफ्नो पार्टीगत रङ जस्तो छाप पारेका छन् । राता झण्डा, व्यानर र क्यापको प्रयोगले कुनै कम्युनिष्ट पार्टीको कार्यक्रम भन्दा फरक थिएन भन्छन् कार्यक्रममा सहभागीहरु । 
 
त्यसैगरी कम्युनिष्ट मुलुक भियतनामको जस्तो एकतारे रातो झण्डाले पनि नयाँ शक्तिलाई अर्को कम्युनिष्ट पार्टीकै रुपमा बुझ्न सहज भएको छ । 
 
पार्टीको कार्यदिशा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा देखिएको छ । विभिन्न १३ वटा समूह बनाएर भएको छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विभिन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम धार समातेर जानुपर्नेमा जोड दिएका छन् ।
 
सम्मेलनमा सहभागी प्रतिनिधिहरु मध्ये अधिकांश क्रान्तिकारी तथा बामपृष्ठ भुमीका रहेकाले कम्युनिष्ट धार तर्फ नै लाग्ने संभावना बढी रहेको एक प्रतिनिधिले बताए । नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ  प्रतिवेदनहरुमा उल्लेखित विचार तथा अवधारणा र शव्दावलीहरु समेत कम्युनिष्टहरुले प्रयोग गर्नेखालमा रहेको प्रतिनिधिहरुको भनाई छ । 
 
नयाँशक्तिको अहिले सम्मका सवै निर्णय, गतिविधि आदी हेर्दा गैरकम्युनिष्टहरु अल्पमतमा परेर र कम्युनिष्ट पक्षधरहरुले पेलेर लगेका छन् । “कम्युनिष्टहरु धेरै बोल्न, तर्क गर्न जानेका हुन्छन्, हामी उनीहरुका कुरा सुनेर थाक्छौं, निरिह जस्तो हुन्छौ, हामीले सोंचेजस्तो गैरबाम धारमा जान्छ होला जस्तो छैन, पछुतो पो लाग्न थालेको छ त,” सम्मेलनमा सहभागी गैरबामपक्षीय एक प्रतिनिधिले हाम्राकुरासंग भने । 
 
पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीलाई बामलोकतान्त्रीक बनाउने बताउदै आएपनि उनका हर्ताकर्ता र प्रतिनिधिहरु अधिकांश खरो कम्युनिष्ट नै रहेकाले नयाँशक्ति प्रति लोकतान्त्रीक धारका सुवेच्छुकहरुको अकर्षण हुन छाडेको ति प्रतिनिधिले भने  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ