- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको सबैभन्दा बढी जनसंख्या भएको र व्यस्त शहर काठमाडौं वायु प्रदुषणले शिथिल छ । आराम गर्न समेत फुर्सद नहुने काठमाडौंमा मानिसहरुलाई आफ्नो स्वास्थ्यको बारेमा सोच्ने ध्यान छैन्, भने वायु प्रदुषण त टाढाको कुरा हो ।पछिल्ला दुई महिना नोबेम्बर र डिसेम्बरमा एक दिन पनि काठमाडौंमा सास फेर्न उचित हावा थिएन ।
जनवरी ५ देखि तीन दिन काठमाडौंको वायु प्रदुषण सबैभन्दा हानिकारक स्थितीमा समेत पुग्यो । तर, प्रदुषण नियन्त्रणका लागि भुमिका निभाउनु पर्ने वातवरण विभाग विज्ञप्ती निकालेर बाहिर नआउनुस् भन्दै बस्यो ।
हाम्रो कपालको मोटाइको करिब ३ प्रतिशत मात्रै मोटाइ हुने धुलोको कणहरुलाई पर्टीकुलर मेटर (पीएम) २.५ भनिन्छ ।
प्रतिघन मिटर हावामा शुन्य देखि ५० टुक्रा पीएम २.५ हुनुलाई स्वास्थ्यलाई हानी नगर्ने मानिन्छ ।
तर, अहिले यो समाचार लेखिरहादा काठमाडौंमा प्रतिघटन मिटर हावामा १७७ टुक्रा पीएम २.५ छ, यो स्वास्थ्यका लागि हानिकारक हो ।
पीएम २.५ धेरै नै मसिनो धुलालको कण हुँदा यो हाम्रो फोक्सो हुँदै रगतमा समेत मिसिन्छ र श्वासप्रश्वासदेखि क्यान्सरसम्मका रोग लगाउँन सक्छ ।
काठमाडौं उपत्यका वर्षेनी क्यान्सरका सयौं नयाँ संक्रमित थपिने गरेका छन् । स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी) ले सन् २०१८ को जनवरीदेखि मेसम्म गरेको अध्ययनले सो समयमा मात्रै उपत्यकामा क्यान्सरका ७ सय २ जना नयाँ संक्रमित थपिएका थिए ।
काठमाडौं उपत्यकामा यसरी प्रदुषणले मानिसहरुको जिवनलाई सुस्तसुस्त किसिमले पछाडि धकेलिरहेका बेला वातावरण मन्त्रालय एवं वातावरण विभागले उल्लेखनीय काम गरेको भने देखिँदैन ।
उपत्यका प्रदुषणको मुख्य कारण के हो ?
काठमाडौं उपत्यकामा प्रदुषित वायु बाहिर जान नपाउँनु प्राकृति समस्या मुख्य कारण हो । चारैतीरबाट पहाडले घेरिएका कारण काठमाडौं उपत्यको प्रदुषित वायु बाहिर जान नपाउँने भौतिकशास्त्र केन्द्रिय विभागका वातावरणीय भौतिक शास्त्रका प्राध्यापक रामप्रशाद रेग्मी बताउँछन् ।
पूर्वाधार निमार्ण
काठमाडौं उपत्याकामा पीएम २.५ को मात्रा बढी हुनुमा पूर्वाधार निमार्णका कार्यले पहिलो नम्बरको योगदान छ । वातावरण संरक्षण सम्बन्धी मापदण्ड नअपनाएर पूर्वाधार विकास हुनुले वायु प्रदुषण हुने प्राध्यापक रेग्मीको भनाइ छ ।
यातायात
उपत्यकाको वायु प्रदुषणको अर्को कारक सवारी साधन हो । काठमाडौं उपत्यकामा मात्रै करिब १० लाख दुईपांग्रे, चार पांग्रे सवारी चल्ने गर्छन् ।अव्यवस्थीत सार्वजनीक यातायात भएका कारण मानिसहरु बाध्य भएर पनि आाफ्नो सवारी किन्न बाध्य भएका छन् ।
कारखाना
उपत्यकाको वायु प्रदुषण केही ईंटा भट्टा र उद्योगहरुले तेस्रो महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । प्रदुषण नियन्त्रणका लागि यी कारखानालाई स्थानान्तरण गर्नु र नयाँ प्रविधिको प्रयोग गरेर वातावरण मैत्री बनाउँन जरुरी रहेको देखिन्छ ।
घरायसी उत्सर्जन
लाखौंको आवादि रहेको काठमाडौंमा आगो बाल्ने, एवं घरको फोहरबाट उत्पन्न हुने वायु प्रदुषणका तत्वहरुले अर्को भुमिका निभाएको छ ।चिसो याममा अत्यधिकमात्रामा आगो बालिने गरेका कारण समेत धेरै प्रदुषण हुने गरेको र यसको नियन्त्रणका लागि मानिसलाई सचेत गराउँनु पर्ने र प्रहरी समेत परिचालन गरिनु पर्ने प्राध्यापक रेग्मी बताउँ छन् ।
उपत्यकाको वायु प्रदुषण नियन्त्रणका उपायँ के हुन् ?
व्यवस्थीत यातायात
उपत्यकाको वायु प्रदुषण ३० प्रतिशत भन्दा बढी योगदान पुर्याउने सवारी साधनलाई व्यवस्थीत गर्न जरुरी रहेको प्राध्यापक रेग्मी बताउँछन् ।
‘व्यवस्थीत सार्वजनीक यातायात भएमा निजी गाडीको प्रयोग घट्न जान्छ, अफिस जान सेता ड्रेस लाएर सार्वजनीक यातायात चढेर ओर्लीदा ड्रेस कालो हुन्छ, समय २ घण्टा बढी भइसकेको हुन्छ’ उनले भने ।
काठमाडौंमा व्यवस्थीत सार्वजनीक यातायात हुने हो भने ८० प्रतिशत निजी गाडीहरु चल्न छोड्छन् । यसबाट ह्वात्तै प्रदुषण कम हुन्छ । विस्तारै वातावरण मैत्री सार्वजनीक यातायात विस्थार गर्दै जाँदा यातायातबाट हुने प्रदुषण नियन्त्रण हुने देखिन्छ ।
अहिलेको अवस्थामा, चालक र सहचालकको मनपरी, महिलाहरुलाई असुरक्षा, अव्यवस्थीत ट्राफिकजाम लगायतका कारण यातायातको समस्या रहेको छ ।
त्रिवि भौतिकशास्त्र केन्द्रीय विभाग अन्तर्गत नेसनल एट्रमस्फेरिक रिसोर्स एन्ड इन्भाइरोमेन्टल रिसर्च ल्याबोरेटोरी (नारेल)ले गरेको एक अध्ययनले काठमाडौंको वायु प्रदुषणलाई नियन्त्रणमा ल्याउन अहिले यातायातका कारण भइरहेको प्रदुषणलाई ३० प्रतिशत, औद्योगिक क्षेत्रका कारण भइरहेको प्रदुषणलाई ४० प्रतिशत र घरायसी कारण भइरहेको प्रदुषणलाई २० प्रतिशतमा झार्नुपर्ने अध्ययन सार्वजनीक गरेको थियो ।
सरकारी निकाय
सरकारी निकायबाट प्रदुषण नियन्त्रणका लागि उल्लेख्य काम भएको देखिँदैन । यातायात व्यवस्थीत बनाउँन पूराना गाडी चल्न नदिने एक कदम अघि सारे पनि अहिलेसम्म कार्यान्वयन भने राम्रोसँग भएको देखिँदैन ।
सार्वजनीक यातायात व्यवस्थापन गर्नु त परको कुरा प्रधानमन्त्रीले नै उद्घाटन गरेका विद्युतिय बस समेत नचल्दै बन्द हुने गरेका छन् ।
यसबाहेक फोहर जलाउने, आगो बाल्ने, घरको फोहरलाई व्यवस्थीत गर्ने विषयमा नागरिकलाई सचेत बनाउँन समेत सरकारी निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
पूर्वाधार विकास निमार्णका बेलामा समेत वातावरण संरक्षण नीति एवं मापदण्डलाई पालना गर्ने र सरकारी निकायले गर्न लगाउने हो भने, छाटो समयमै काठमाडौंको प्रदुषण नियन्त्रणका लागि प्रभावकारी काम हुनसक्ने प्राध्यापक रेग्मी बताउँछन् ।
वातावरण विभाग के भन्छ ?
वायु प्रदुषण नियन्त्रणका लागि अहिले विभिन्न किसिमका कामहरु भइरहेको वातावरण विभागका उपमहानिर्देशक ईन्दुबिक्रम जोशी बताउँछन् ।
यातायात व्यवस्थीत बनाउँन यातायात व्यवस्था विभागबाट कामहरु भइरहेको उनी बताउँछन् । विभागले कम हानिकारक धुँवा उत्सर्जन गर्ने युरो–६ मापदण्डका गाडीहरुलाई प्रोत्साहन गर्ने योजना अघि सारेको उनले बताए ।
यसबाहेक सार्वजनीक सवारीहरु विद्युतिय सवारी साधनमा विस्थापन गर्ने योजना समेत भइरहेको उनी बताउँछन् ।
सार्वजनीक यायातलाई व्यवस्थीत बनाउँनका लागि नगरपालिकाहरुले पनि काम गर्नेुपर्ने कार्ययोजना रहेको विभागका प्रवक्ता समेत रहेका जोशी बताउँछन् ।
‘सबैले आफ्नो आफ्नो क्षेत्रबाट काम गरेमा विस्तारै प्रदुषण नियन्त्रणमा आउँछ, एकै चोटि हुँदैन’ जोशी भन्छन् । पत्रपत्रिका एवं रेडियाबाट जानकारी मुलूक सुचनाहरु प्रशारण गर्दै आएको वातावरण विभाग बताउँछ ।
सरकारी निकायबाट जतिसुकै किसिमले काम भइरहेको छ, योजना अघि बढेको छ भने पनि सर्वसाधरणले महशुस गर्ने किसिमले प्रदुषण नियन्त्रणमा काम भएको देखिँदैन् ।
‘हिँउदमा धेरै आगो बालिने हुँन्छ सबैको घरमा प्रहरी पठाउँन पनि सकिदैन'- वातावरण विभागका एक अधिकारी भन्छन्।
'तर मानिसहरुलाई सस्तोमा प्रशस्त बिजुली उपलब्ध गराए आगो बाल्ने क्रम घट्छ, ग्यासको सट्टा खाना पकाउन समेत बिजुलीको प्रयोग बढ्बिजुलीको प्रयोग बढ्छ,’ प्रदुषण नियन्त्रणबारे जानकार एक विज्ञ भन्छन् ।
खासमा वातावरण मन्त्रालय अन्तर्गतबाट नै एक विशेष युनिट बनाएर वातावरण विभाग हुँदै नगरपालिका एवं महानगरपालिकासम्म प्रदुषण नियन्त्रणका लागि विशेष किसिमले काम नहुन्जेलसम्म उपत्यका मात्रै हैन्, देशभर नै प्रदुषण नियन्त्रण हुनसक्ने देखिँदैन् ।
काठमाडौं मात्रै हैन, पछिल्लो समय सिमरा, जनकपुर, हेटौंडालगायतका अन्य शहरमा पनि वायु प्रदुषण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष वायु प्रदुषणका कारण नेपालमा ३५ हजार मानिसले ज्यान गुमाउँछ ।
एक किसिमले हेर्ने हो भने, वायु प्रदुषण नेपालका लागि कोरोना भाइरसको माहामारी भन्दा झनै भयावह देखिएको छ ।नेपालमा करिब एक वर्षको अवधिमा कोरोना भाइरसको संक्रमणबाट करिब २ हजारले ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यका एवं देशभरको वायु प्रदुषण नियन्त्रणका लागि सरकारी निकायबाट महत्वपूर्ण योजना अनुरुप काम हुनुपर्ने देखिन्छ ।