काठमाडौं। सरकारले आर्थिक वर्ष २०७३-७४ देखि लागूहगरी २२ किसिमको रक्सीमा झण्डै ३३ प्रतिशतसम्म राजश्व बढाए पछि मदिरा व्यासायीहरू पनि आफ्नो उत्पादन तथा आफूले बेच्ने मदिाराको भाउमा बृद्धि गरेका छन्। गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटसँगै प्रस्तुत गरेको आर्थिक विधेयकबाट सरकारले मदिराजन्य उत्पादनमा ३३ प्रतिशतसम्म कर बृद्धि गरेको थियो। सो लगत्तै विभिन्न कम्पनीबाट उत्पादित मदिराहरुको भाउ बढेको छ।
नेपालमा लामो समयदेखि मदिराजन्य पदार्थ उत्पादन एवं विक्री वितरण गर्दै आएको हिमालयन ब्रिवेरी तथा त्रिशक्ति डिस्टीलरिजले मंगलबारदेखि लागूहुनेगरी आफ्नो उत्पादनको मुल्य बढाएको छ। त्यसैगरी, विभिन्न ब्राण्डका वियर तथा वाइनहरू उत्पादन गर्दैआएको गोर्खा व्रिवेरीले पनि आफ्नो उत्पादनको मुल्य जेठ ११ गते नै बढाईसकेको जनाएको छ।
सरकारले सुर्तीजन्य तथा मदीराजन्य पदार्थलाई अल्कोहल नभएको पेय पदार्थ र अल्कोहल युक्त पदार्थको रूपमा विभाजन गरेर भन्सारको विश्वब्यापी ‘एच एस कोड’ लगाउने गरेको छ। विभागले अल्कोहल युक्त भनेर शीर्षक २२.०२ को प्रयोजनको लागि आयतनको हिसावबाट ०.५ प्रतिशत भन्दा बढी अल्कोहल शक्ति नभएको पेय पदार्थलाई मानेको छ भने अल्कोहलयुक्त पेय पदार्थ भनेर सो भन्दा बढी अल्कोहल भएको पदार्थ भने उल्लेख गरेको छ।
विभागले उपशीर्षक २२०३.००.०० देखि २२०८.९०.९० सम्मका २२ ब्राण्डका अल्कोहलजन्य पदार्थमा भारी मात्रामा कर बृद्धि गरिएको विभागका तथ्याङ्क अधिकृत विनोदशरण आचार्यले जानकारी दिए। विभागको तथ्याङ्क अनुसार स्पार्कलिन वाइन लगायतका ६ वटा ब्राण्डका वाइनहरूमा अहिले तिरिँदै आएको प्रति लिटर १ सय ८० रूपैयाँको भन्सार महसुलमा अबको साउनदेखि प्रति लिटर २ सय ४० रूपैयाँ लाग्ने विभागले जनाएको। सो शुल्क जेठ १५ गतेदेखि नै लागू भएको पनि निर्देशक आचार्यले जानकारी दिए।
त्यस्तै अहिले ८० प्रतिशत घनत्व अल्कोहल शक्ति वा सो भन्दा माथि अल्कोहल शक्ति भएको अन्डिनेचर्ड इथायल अल्कोहल र जतिसुकै अल्कोहल शक्ति भएको डिनेचर्ड इथायल अल्कोहल र अन्य स्प्रीटमा अहिलेसम्म तिरिँदै आएको कूल आयातको ३० प्रतिशतको दरलाई परिवर्तन गरेर सरकारले प्रतिलिटर ३० रूपैयाँको दर समेत तोकेको छ। उता, प्रतिलिटर ७ सय रूपैयाँ तोकेको वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रबहरु (स्प्रीट समेत) लगायत ७ शीर्षकमा कर बृद्धि गरेर ९ सय रूपैयाँ प्रति लिटर बनाईएको छ भने उखुको उत्पादनहरुलाई कुहाएर चुलाई गरी निकालिएको रम र अन्य स्प्रीट लगायत अन्य ६ शीषर्मकमा प्रतिलिटर १२ सय रूपैयाँ तिर्दै आएकोमा अब कर बढेसँगै प्रतिलिटर १६ सय रूपैयाँ पुँगेको छ। यससँगै जौ बाट बनेको वियर पनि अहिलेसम्म प्रतिलिटर १ सय २५ रूपैयाँ भन्सार कर रहेकोमा अब भने यो दर १ सय ६५ रूपैयाँ पुँगेको विभागले जनाएको छ।