arrow

सरकार शारिरिक अपांगतहरुको विकासको लागि प्रतिबद्ध छ : उपप्रधानमन्त्री मैनाली

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
cp-mainali-final.jpg.jpeg
काठमाडौं । उपप्रधान एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले सरकार अपाङ्मैत्री कार्यक्रम बनाउने लागिपरिरहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्चले रिपोर्टर्स क्लब नेपालमा दृष्टिविहिनहरुलाई दृष्टिबिहिनमैत्री अडियो वितरण कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री मैनालीले भने,‘सरकार विशिष्ट क्षमता भएका अपांगहरुलाई मुलुक विकासमा योगदान दिन सकुन भन्ने उद्देश्यले लागिपरेको छ, सरकार उहाँहरुलाई आत्मनिर्भर बनाउने कुरामा गम्भिर छ ।’ यद्धपी सरकार र आफू मातहतको मन्त्रालयले शारिरिक अपांगता भएका व्यक्तिहरुको लागि नीति तथा कार्यक्रम बनाईरहेको भएपनि कार्यान्वयनमा अझै समय लाग्ने उनको भनाई थियो । 
 
अपांगमैत्री कार्यक्रम अन्र्तगर्तका सांकेतिक भाषा, लिपी, अपांगमैत्री वातावरण र संरचना बनाउने लगायतका कार्यहरु सुरु भएकोले यसको संरक्षण एवम् प्रर्वद्धनको लागि सरकार जिम्मेवार रहेको समेत उनले बताए । शारिरिक अपांगता भएकाहरु व्यक्तिहरुको हकहितका लागि सबै सरोकारवाला पक्षले जिम्मेवार भूमिका निवार्ह गर्नुपर्नेमा मन्त्री मैनालीले जोड दिए । उनले भने,‘तपाईहरुले पनि आफ्ना दबाबजन्य कार्यक्रमहरु जारी राख्नुपर्छ, यसो भयो भने अझ हामीलाई यसले थप जिम्मेवार बनाउेछ ।’
 
सवै सरोकारवालको तत्परता, चासो र क्रियाशीलताले नै समस्या हल हुने भन्दै त्यतातर्फ लाग्न उनले जोड दिए । उनले सरकारले हालै प्रस्तुत गरेको बजेटमा समेत आफूले शारिरिक अपांगता भएकाहरुको हकहितमा कार्यक्रम समावेश गरेपनि केही अपुग भएकोमा यसलाई सच्याएर जान आफू तयार रहेको उनको भनाई थियो । 
 
उनले शारिरिक अपांगता भएका व्यक्तिहरुसँग पनि विशिष्ट किसिमको क्षमता भएकाले यसलाई मुलुक विकासको लागि सदुपयोग गर्न सके आर्थिक समृद्धिको ढोका खुल्ने स्पष्ट पारे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ