arrow

प्रधानमन्त्री ओली मन्त्रीलाई लिएर एक्कासी विमानस्थल पुगेपछि .....

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
kp.jpg.jpeg
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सहितको टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेपछि विमानस्थलका कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ। विना कुनै जानकारी दिउँसो सवा दुई तिर अर्थमन्त्री, पर्यटनमन्त्री र पर्यटन राज्यमन्त्री समेतलाई लिएर विमानस्थल पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। 
 
विमानस्थलका एक कर्मचारीका अनुसार प्रधानमन्त्री पुग्दा विमाननस्थलका कर्मचारीहरू सबै आ–आफ्नै काममा व्यस्त थिए। झण्डै एक घण्टा विमानस्थलको निरीक्षणमा विताएका प्रधानमन्त्री ओलीले भन्सार अध्यागमन लगायतका केही निकायको निरीक्षण गरेका थिए। जनताले विमानस्थलमा समस्या भोग्नुपरेको गुनासो बढेपछि प्रधानमन्त्री मन्त्रीसहितको टोली लिएर विमानस्थल पुगेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ