arrow

प्रेस युनियनको राष्ट्रिय पत्रकार महिला भेला हुने

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg
काठमाडौँ । नेपाल प्रेस युनियनको महिला विभागले यही असार ३ र ४ गते काठमाडौँमा राष्ट्रिय पत्रकार महिला भेला गर्ने भएको छ ।  देशभरका करिब ४०० पत्रकार महिलाको उपस्थिति रहने भेलामा पत्रकार महिलाका समस्या, समाधानका उपाय लगायतका विषयमा बृहत् छलफल गर्ने युनियनका उपाध्यक्ष तथा महिला विभाग प्रमुख बाला अधिकारीले जानकारी दिइन् । 
 
उनले भनिन् , “देशभरिबाट आउने पत्रकार महिलाले भेलामा आफ्ना समस्या र समाधानका विषयमा छलफल गरी घोषणापत्र जारी गरिनेछ ।” नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने भेलामा सञ्चार क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी महिलालाई सम्मान पनि गरिने उपाध्यक्ष अधिकारीले जानकारी दिइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ