arrow

ओलीको जिल्लामा पुगेका नेपालले भने, 'राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको छ'

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
Madhav_Kumar_Nepal2.JPG.jpeg
सुरुङ्गा (झापा) । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल भइरहेको बताएका छन् । 
 
आज झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले राष्ट्रिय सहमति कायम गर्न नेपाली काँग्रेस तथा मधेसवादी दललाई पनि सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पहल था ल्नुभएको छ भने । 
 
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले मुलुकको विकासका लागि आर्थिक क्रान्ति जरुरी रहेकाले दलले जुँगाको लडाइँ छाडेर त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे । प्रमुख दलबीच एकता कायम नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भन्दै उनले सबै दलले आ–आफ्नो अडान त्यागेर अघि बढ्नुपर्ने बताए । रासस 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ