arrow

काँग्रेसले सभापति देउवालाई बाँकेमा स्वागत

logo
प्रकाशित २०७३ जेठ ३२ मंगलबार
sher-deuba.jpg.jpeg
बाँके । नेपाली काँग्रेस जुम्लाका तत्कालिन सभापति मानव सेजुवालको शालिक अनावरण गर्न नेपालगन्ज राँझा विमान स्थल हुँदै नेपाली काँग्रेसका सभापति शेरबहादु देउबा असार १ गते त्यसतर्फ जाने भएपछि बाँके काँग्रेसले सभापति देउबालाई भब्य स्वागत गर्ने तयारी गरीरहेको छ ।
 
२ गते जुम्लाबाट नेपालगन्ज आएका सभापति देउबालाई स्वागत गर्न मोटर साइकल र्याली सहित नेपालगन्ज नगर प्रवेश गराउन महाधिवेशन प्रतिनिध एवं पूर्व संगठन विभाग प्रमुख अम्बर खडकालाई जिम्मा दियएको छ भने बाँके पार्टी सभापति कीरण कोइरालाको नेतृत्वमा भव्य स्वागत गर्ने गरी कार्यक्रम तय भएको पार्टी सचिव तप्त पौडेलले बताएकाछन् ।
 
नेपाली काँग्रेस बाँकेले आयोजना गरेको उक्त स्वागत  कार्यक्रम २ गते पार्टी कार्यालयमा हुने र त्यस लगत्तै सभापति देउबाले कार्यकर्ताहरुलाई सम्बोधन गर्ने बताइएको छ । सभापति देउबाले प्रजातन्त्रवादी उद्योगी व्यापारी र ड्मोक्रेटीक लयर्स एशोशियसनका पदाधिकारहिरुसँग पनि भेट्न् कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी सभापति देउबाको ३ गते विहान पत्रकारहरुसँग भेट्ने कार्यक्रम तय भएको छ । सोही दिन सभापति देउबा राजधानी फर्कने बताएएको छ ।
 
१३औं महाधिबेशनबाट सभापति चुनिएका देउबा पहिलो पटक नेपालगन्ज आउने तय भएपछि बाँके काँग्रेसले उहाँलाई भव्य स्वागत गर्ने तयारी गरीरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ