arrow

गुल्मीका ठेकेदारहरुको एकाधिकार तोडियो, तत्काल छानविन गर्न अख्तियारसँग माग

logo
प्रकाशित २०७३ असार १ बुधबार
nepali-paisa.jpg.jpeg
गुल्मी । विकास निर्माणका काममा गुल्मी जिल्लामा लामो समय देखि भईरहेको एकलौटी र अनियमितता तोडिएको छ । काँग्रेसका युवा नेता तथा सांसद चन्द्र भण्डारी, एमालेका सचिव तथा सांसद गोकर्ण विष्ट, पुर्वमुख्य सचिव लिलामणी पौडेल, साना निर्माण व्यवसायी र आम नागरिकको सक्रियतामा केही निर्माण व्यवसायीहरुको एकाधिकार तोडिएको हो । 
 
उनीहरुको एकाधिकार तोडिएपछि हर्षित र भावकु हुदै सांसद भण्डारीले आफ्नो फेसवुकवालमा लेखेका छन्, “गुल्मेली जनताको सजगता, कर्मचारीहरुको पारदर्शिता र प्रतिश्पर्धामा जोडका कारण निर्माण ब्यवसायी गुल्मीमा अतिथि सत्कारको बिगतको क्रम भङगताले लगभग एक अरवको ठेकापट्टाबाट झण्डै ४० करोड़ गुमनाम हुने रकÞम बचत भई राज्यकोषमा जादैछ । धन्यवाद सहयोगी पक्षलाई । देश बनाउन र्याल नचुहाउने दृढ़ इच्छा शक्ति भएको त्यागी नेतृत्वको आवश्यक छ । देशको बिकासको लागी राज्यका सबै पक्ष गम्भीर र सर्तक हुनु पर्दछ । उमेर र भविष्य भएका ब्यक्तिहरु आफनो सम्पन्नतामा मात्र लाग्नु हुदैन ।”
 
नारायण पोख्रेलको नेतृत्वको गुल्मी निर्माण व्यवसायी संघले विकास निर्माणका लागि जिल्ला भित्रबाट लाईसेन्न लिएकाहरुलाई मात्रै टेन्डर हाल्न दिने व्यवस्था गर्दै एकलौटी र अनियमितता गरेको थियो । उनीहरुको सहमति विना कसैले पनि टेन्डर हाल्न नपाउने र बर्षेनी उनीहरुको मिलेमतोमा राज्यकोषको करोडौ रुपैया आफुआफुमा बाड्ने गरेका थिए । 
 
एमालेको जिल्ला कार्यालयमै बस्ने पोखरेललाई गुल्मीकै अर्का केन्द्रीयस्तरका नेता र विभिन्न शक्ति केन्द्रहरुको संरक्षणमा राज्यकोषमाथी व्रम्हलुट मच्चाईरहेको आरोप लाग्ने गरेको छ । 
 
तर अहिले एकलौटी तोडिएकाले यस बर्ष मात्रै झण्डै ४० करोड रुपैया राज्यकोषमा जम्मा हुने भएको सांसद भण्डारीले बताएका छन् । सांसद भण्डारी, विष्ट र पुर्वमख्य सचिव पौडेलले खुल्ला प्रतिश्पर्धाको वातावरण बनाएपछि अहिले गुल्मेली जनताले उनीहरुको खुलेर प्रशंसा गरेका छन् भने जिल्लामा ठुलो हर्ष र चर्चाको विषय बनेको छ । 
 
विकास निर्माणका नाममा करोडौंको ब्रम्हलुट गर्नेहरु माथी तत्काल अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नु पर्ने माग पनि गुल्मेली जनताले गरेका छन् । उनीहरुले गुल्मीको जस्तो व्यवस्था अन्य जिल्लाहरुमा पनि गर्नु पर्ने भन्दै तल देखि माथी सम्म छानविन गरी दोषीलाई कारवाही गर्न सकेमा मात्रै अरवौको भ्रष्टचार नियन्त्रण हुने तर्फ संवन्धीत सवैको ध्यान जान आवश्यक रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ