arrow

पुनःनिर्माणका लागि एक लाख बढी घरधनीसँग सम्झौता

logo
प्रकाशित २०७३ असार १ बुधबार
reconstruction-authority.jpeg.jpeg
काठमाडौँ। भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ।
 
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ।
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६६८, धादिङमा चार हजार ८२४, नुवाकोटमा एक हजार ५८८, रसुवामा एक हजार १०० र सिन्धुपाल्चोक ६ हजार ६६० घरधनीसँग अनुदान सम्झौता भएको छ।
 
यस्तै काभ्रेमा एक हजार ४७५, दोलखामा १६ हजार २००, रामेछापमा ३५ हजार ३८० घरधनीसँग अनुदान सम्झौता भएको छ। ओखलढुङ्गामा १४ हजार २०२, सिन्धुलीमा एक हजार १०० र मकवानपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ