arrow

अब के गर्छ काँग्रेसले संसद्मा ?

संसद् अवरूद्ध भन्दा पनि यावत विषयलाई संसद्मा सरकारबादी दललाई सचेत गराउने

logo
सुदर्शन अर्याल
प्रकाशित २०७३ असार १ बुधबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस अहिले राज्य सत्ता भन्दा बाहिर बसेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा काम गरिरहेको छ । नयाँ संविधान बनेको एक वर्ष पनि नपुगेको अवस्थामा नेपाली काँग्रेसले राज्य सत्ताका विभिन्न महत्वपूर्ण पदहरू आफ्नो हातबाट गुमाएपछि सिंगो प्रतिपक्षीको रूपमा बसेको काँग्रेस एकातिर प्रधानमन्त्री निर्वाचनको समयमा भारतीय रोजाईको पात्र बनेको भनेर आलोचनाको पात्र बन्नु पर्‍यो भने त्यसपछि यता बजेट निर्माणको पूर्व सन्ध्यासम्म आईपुग्दा पहिलोको आरोपमाथि सरकार ढाल्न खोजेको भनेर थप आरोप बेहोर्न बाध्य भयो । 
 
अहिले आएर प्रतिपक्षी बनेको यत्रो शक्तिशाली पार्टीले पनि संसद्मा सरकारलाई झक्झकाउनन नसकेको भनेर फेरि अर्को आरोपको शिकार बनेको छ । नेपाली काँग्रेसले संसद् अवरूद्ध गरेर सरकारलाई भूकम्पपीडितको बाहानामा आफ्ना मागहरू पूरा गर्न दबाब दिन्छ भन्ने मतहरू कताकति सुनिन्छ भने नेपाली काँग्रेस त्यस्तो गैरजिम्मेवार पार्टी नभएकोले उसले सहजै संसद् अवरूद्ध गर्दैन भन्ने मतहरू पनि प्रसस्तै सुनिने गरेको छ । 
 
अब के गर्छ त नेपाली काँग्रेसले संसद्मा ? गत बैशाख १२ गते गएको महाभूकम्पबाट घरबारबिहीन भएका ५ लाख भन्दा बढी भूकम्पपीडितहरू सरकारको पहिलो किस्ताको रकमको आशामा दिन विताईरहँदा राज्यले अहिलेसम्म किन ती पीडितहरूलाई रकम वितरण गर्न सकिरहेको छैन त ? यो सबैको चासोको विषय हो र अहिले सरकारलाई झक्झकाउने मुख्य अस्त्र पनि प्रतिपक्षी काँग्रेसले यसैलाई बनाएको छ ।
 
नेपाली काँग्रेसका नेताहरू अहिले तत्कालै सरकारको विरोधको नाममा संसद्मा रडाको मच्चाएर जनताप्रति झनै नकारात्मक सन्देश प्रवाह गर्ने पक्षमा रहेका छैनन् । उनीहरू सरकारलाई चरणवद्ध रूपमा विभिन्न दबाब मूलक कार्यक्रमहरू गर्ने तयारीमा रहेको काँग्रेस नेताहरू बताउने गरेका छन् ।
 
अर्को तर्फ काँग्रेस नेताहरूलाई के विषयमा पनि डर रहेको छ भने सरकारले विभिन्न निजी क्षेत्र तथा एनजिओ-आईएन जिओलाई भूकम्पपीडितको आवास निर्माण लगायत पैसा वितरणसम्ममा आफूलाई बाइपास गरेर काम गर्न थालेपछि सत्तापक्ष आफ्नै हिसावले चल्दा आफूलाई समस्या सिर्जना हुने बुझेर पनि उनीहरूले यसलाई रोक्न सक्दो कोशिस गरिरहेका छन् । 
 
विदेशी दातृ निकायले दिएको पैसा खर्च गर्नको लागि सरकारले यूएनडीपी अन्तर्गत्को एक संस्थालाई पुनर्निर्माणको जिम्मा दिने निर्णय गरेपछि अहिलेको नेपाली काँग्रेस मुख्य दबाबमा रहेको छ । तर, नेपाली काँग्रेसले अब अन्यत्र आएको जस्तो संसद् अवरूद्ध काम तत्कालै गर्ने छैन । काँग्रेस सचेतक ईश्वरी न्यौपाने पनि नेपाली काँग्रेस अन्य पार्टी जस्तो गैरजिम्मेवार नरहेको भन्ने प्रतिक्रियाले पनि नेपाली काँग्रेस त्यस्तो आक्रामक रूपमा प्रस्तुत नहुने स्पष्ट भएको छ ।
 
नेपाली काँग्रेसका नेताहरू भन्छन् ‘नेपाली काँग्रेसले तत्काल संसद् अवरूद्ध गर्दैन ।’ उनीहरूको अनुसार अब नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका भने सशत्तः रूपमा नउठाएको खण्डमा नेपाली काँग्रेसको जनताप्रतिको सोचाई नै नकारात्मकता तर्फ जाने निश्चित रहेको तर्फ सबै काँग्रेसीहरू सचेत छन् । त्यसैले अब नेपाली काँग्रेस सशत्तः प्रतिपक्षीको भूमिकामा उभिनेमा कुनै शंका छैन । 
 
उता, अर्को तर्फ भूकम्पपीडितको लागि सरकारले केही नगरेको खण्डमा सरकार निर्माणको समयमा गुमाएको काँग्रेसी शाख जोगाउने स्वर्णीम मौका हो भन्नेमा पनि काँग्रेसीहरू सचेत रहेकोले अब काँग्रेस नम्र रूपमा प्रतिपक्षीको भूमिकामा प्रस्तुत हुनेछ । त्यति छिट्टै र सानोतिनो विषयमा संसद् अवरूद्ध भन्दा पनि यावत विषयलाई संसद्मा सरकारबादी दललाई सचेत गराउने काम तर्फ काँग्रेस लाग्नेछ । 
 
पटकपटक सचेत गर्दा पनि सरकारले सो विषयलाई महत्वकासाथ नहेरेको खण्डमा मात्रै काँग्रेस केही आक्रामक बन्नेछ र अन्तिम अस्त्रको रूपमा मात्रै काँग्रेसले संसद् अवरूद्ध गर्ने बाटो अपनाउने छ । जुन समयमा जनताले नेपाली काँग्रेसले सरकारको अकर्मन्यताको विरूद्धमा नै संसद् अवरूद्ध गरेको सन्देश जानेगरी मात्रै संसद् अवरूद्ध गर्ने काँग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ