arrow

संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा भोलिबाट आन्दोलनमा

logo
प्रकाशित २०७३ असार १ बुधबार
rastriya-janamorcha.jpg.jpeg
काठमाडौँ। राष्ट्रिय जनमोर्चाले मुलुकमा भएको महँगी, कालोबजारी, भ्रष्टाचारको विरुद्धमा देशभर अभियान चलाउने भएको छ।
 
पार्टीले आज पत्रकार सम्मेलन गरी देश गम्भीर सङ्कटको घडीमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो।
 
सम्मेलनमा पार्टीका महासचिव जनकराज शर्माले राष्ट्रियताको रक्षा, अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महँगी, भष्ट्राचारविरुद्ध साउन २ गतेदेखि २५ गतेसम्म गाउँ र जिल्लास्तरीय कोणसभा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता नेपालका लागि उपयुक्त नभएकाले यसको खारेजी हुनुपर्छ।”
 
कोणसभा बुटवल, चितवन, पोखरा, धनगढी, विराटनगर, नेपालगन्जलगायतका क्षेत्रमा हुनेछ।
 
महासचिव शर्माले सङ्घीयताको आडमा आएको जातीय राज्य, एक मधेस एक प्रदेश, बहुराष्ट्रवाद, पहिचानको आधारमा प्रदेशको सीमाङ्कन, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र आदिले देशलाई विखण्डनको बाटोमा लैजाने स्पष्ट परे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ