arrow

वरिष्ठ नेता पौडेलद्वारा आचार्य दम्पत्तिको स्वास्थ्य अवस्थाबारे जानकारी

logo
प्रकाशित २०७३ असार २ बिहिबार
Ramchandra-Poudel-11.jpg.jpeg
हेटौँडा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुर्घटनामा परी घाइते हुनुभएका रासस रौतहटका समाचारदाता एवम् प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरि आचार्य र उहाँको परिवारलाई आज भेट गर्नुभएको छ ।
 
हेटौँडास्थित चुरेहिल अस्पतालमा पुगेर नेता पौडेलले उहाँहरूको स्वास्थ्यबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गर्नुभएको बताइएको छ ।
 
दुर्घटनामा परी गम्भीर घाइते भएकी आचार्यकी श्रीमती प्रमिलाको अवस्था गम्भीर रहेको छ भने आचार्य सामान्य घाइते छन् । यही जेठ ३० गते टाटासुमोको ठक्करबाट उहाँहरू गम्भीर घाइते हुनु भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ