arrow

केबी गुरुङले सत्यनिरुपण आयोगमा प्रचण्डविरुद्ध उजुरी हाले

‘विपक्षी को हुनु प्रचण्ड नै’ हुन्

logo
प्रकाशित २०७३ असार २ बिहिबार
kb-gurung-new--ph.jpg.jpeg
काठमाडौं । कांग्रेस नेता कुलबहादुर गुरुङले माओवादीले घर खेत कब्जा गरेर आफुहरुको उठिबास लगाएको भन्दै सत्य निरुपण आयोगमा मुद्दा दर्ता गरेका छन् । विहिबार आयोग परिसरभित्रैबाट हाम्राकुरासंग कुरा गर्दै गुरुङले द्वन्द्वपीडित सबैलाई न्याय पाउने पूर्ण विश्वासका साथ उजुरी दिन आह्वान समेत गरे । गुरुङले भने, ‘न्याय नपाउने लागेको भए जुरी दर्ता गरिँदैन थ्यो । न्याय पाउने पूर्ण विश्वासका साथ उजुरी दर्ता गरेको छु ।
 
छुटेका द्वन्द्व पीडितहरुलाई समेत म मुद्दा दर्ताका लागि आह्वान गर्दछु ।’ कस्लाई विपक्षी बनाउनु भो ? जवाफमा गुरुङले भने, ‘हिजो माओवादीका मान्छे हौं । माओवादीको सरकार ल्याउँछौं भन्दै हिड्ने र नागरिकलाई दुःख दिने र घर जग्गा कब्जा गर्ने विरुद्ध मुद्दा हालियो ।’ तत्कालिन समयमा पुष्पकमल दाहाल पार्टीको सुप्रिम कमाण्डर भएकाले उनकै आदेशमा ती सबै गतिविधि भएका हुन् । ‘विपक्षी को हुनु प्रचण्ड नै’ हुन् । माओवादी अध्यक्ष दाहालले केही दिन अघि सार्वजनिक कार्यक्रम मै युद्धकालिन समयको सम्पूर्ण संघर्षको नेतृत्व आफैले गरेकाले सबै दोष लिन तयार रहेको उद्घोष गरेका थिए । 
 
माओवादीले के गरे ? 
इलामको दानाबारी गाविस –५ लोदियामा १० परिवारको जग्गा र घरको सम्पत्ति कब्जा भयो । २०६१ पुस २९ गते आफ्नो १४ रोपनीसहित १० परिवारको जग्गा माओवादीले कब्जा गरेको गुरुङले सुनाए । घरमा भएका भाँडाकुडा, गाई, गोरु, ब्राख्रा, कुखुरा, काठ र अन्तपात केही नराखेपछि हाम्रो उठिबास भयो, गुरुङले भने, ‘पछि सदरमुकाम गएर बस्न बाध्य भयौं ।’ स्थानीय शान्ति समितिबाट क्षपतपूर्तिका लागि कयौं पटक निवेदन हालियो हाल सम्म कसैले केही दिएनन् ।
 
उनले आफ्नै सरकार हुँदा समेत केही नपाएको गुनासो समेत गरे । उजुरी स्थानीय शान्ति समितिबाट समेत हाल्न खोजेका थियौं । फेरि इलाम जानु पर्ने भएकाले यतै आयोगमै दर्ता गरियो । गुरुङ नेपाली कांग्रेसका नेता गुरुङ सांसद समेत छन् । त्यति मात्र नभई गुरुङ राष्ट्रपतिको उम्मेद्वार समेत भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ