एजेन्सी । सेन्सर बोर्डको विवादमा फसेको चलचित्र 'उड़ता पन्जाब' पुन: समस्यामा परेको छ । लामो समय सम्म चलेको सेन्सरको लडाई पछि रिलिज हुन दुई दिन मात्र बाकी रहदा चलचित्र 'उडता पन्जाब' इन्टरनेटमा सार्वजनिक भएको छ । चलचित्र लीक भए पछि निर्माताहरुले मुम्बई प्रहरीलाई दिएको उजुरी दिएका छन् ।
निर्माताहरुका अनुसार, चलचित्रको दुई भाग लीक भएको छ । पहलिलो भागको लम्बाइ २ घण्टा २० मिनेट रहेको जनाइएको छ । त्यस्तै चलचित्रको दोस्रो भाग ४० मिनेटको भनिएको छ । जसमा सबै बिवादास्पद र प्रतिबन्धित दृश्य रहेका छन् ।
जुन दृश्यलाई सेन्सर बोर्ड फिल्मबाट हटाउन चाहान्थ्यो। सो सार्वजनीक भएको भागमा शाहिद कपूर मानिसहरुको सामु यूरिनेशन लिएको सीन देखाइएको छ । सो दृह्यलाई बम्बई हाईकोर्टले हटाउन आदेश दिएको छ ।