arrow

व्यक्तित्व

 नेपालको न्याय क्षेत्रका एक गर्भिलो इतिहास-जो ओलीको निशानामा परे

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
krisna_bhandari.jpg

काठमाडौं । नेपालका ऐतिहासिका राजनीतिक आन्दोलनका बेला राजनीतिक बन्दीलाई सहयोग पुर्‍याएर तारिफ कमाएका बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी पछिल्ला केही दिनदेखि चर्चामा छन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक हो भनेर सर्बोच्च अदालतको संवैधानिक इजलाशमा बहस गर्न पुगेका उनीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट अपहेलित बनेको सार्वजनिक भएपछि भण्डारीको चर्चा सुरु भएको हो ।

९४ बर्षको पाको उमेरमा पनि अदालत धाइरहेका उनीप्रति लक्षित गर्दै शुक्रबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले अपमानजनक रुपमा अभिव्यक्ति दिएपछि कानुन ब्यवसायीहरु पनि क्रुद्ध बनेका छन् ।

संसद विघटनका विषयमा भइरहेको सुनुवाइप्रति धारणा राख्दै ओलीले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न ।’ यही अभिव्यक्तिलाई लिएर नेपाल बार एसोसिएसनका चार पूर्व अध्यक्षहरुले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाइसकेका छन् । भण्डारीमाथि गरिएको अपमानजनक अभिब्यक्तिविरुद्ध सर्बोच्च अदालतमा ओलीविरुद्ध मानहानीको मुद्दा समेत दर्ता भएको छ ।

ओलीको आक्रामक अभिव्यक्तिप्रति धेरै ब्यक्तिहरुले आपत्ति जनाएका छन् । राजनीतिक विश्लेषकले नरेन्द्रजंंग पिटरले भनेका छन्–‘आदरणीय कृष्ण प्रसाद भण्डारी तमासा देखाउने बाजे होइनन, उनी हरेक समयका सत्ताले नरुचाउने वास्तविक मानवअधिकार र न्यायका वौद्दिक योद्दा हुन । सलाम, एउटा इतिहासलाइ ।’

अधिकारकर्मी मोहना अन्सारीले लेखेकी छिन-'वरिष्ठ अधिवक्ता एवं हामी सबैका अग्रज श्री कृष्ण प्रसाद भण्डारी ज्यू प्रति प्रधानमन्त्रीको पदमा आशिन व्यक्तित्वबाट यो हदको अपशब्द र अपमान हुनु अत्यन्त निन्दनिय एवं खेदजनक छ । सम्मान गर्न नसक्नेले अपमान गर्ने हैसियत राख्दैन ।’

वि.स २०१४ सालबाट वकालत सुरु गरेका भण्डारी विपी कोइरालाको मुद्दा, केआइ सिंहको मुद्दा, रामराजाप्रसाद सिंहको मुद्दा, महेन्द्रनारायण निधिको मुद्दा, नेवि संघलाई लगाइएको प्रतिबन्ध मुद्दालगायतका दर्जनौं चर्चित मुद्दामा निडरताका साथ लडेको इतिहास छ । त्यस्तै उनले २०३३ सालमा विपी कोइराला पटनाबाट नेपाल आउनेक्रममा राजाले मार्ने खतरा भएको सुइको पाउँदा पनि ‘नेपालमा कृष्ण प्रसाद भण्डारी जस्ता वकील छन, मलाई डर छैन’ भनेर भनेको कुरा पनि पुराना बकीलहरु सम्झन्छन । 
वि.स २०११ सालमा नेपाल ल कलेजमा अध्ययन गरेका उनी नेपालमै कानुन अध्ययन गरी नेपालमा नै वकालत गर्ने देशकै पहिलो व्यक्तिका रुपमा पनि परिचित छन् ।

प्रजातन्त्र र मानवअधिकारका पक्षमा लड्दै आएका भण्डारीको वकालती इतिहास गर्भ गर्न लायक रहेको अहिलेका अधिवक्ताहरु बताउने गर्छन । पंचायतकालभरी राजनीतिक बन्दीका पक्षमा वहस गरेका भण्डारीले ओली पनि राजनीतिक बन्दी भएकाले उनका पक्षमा पनि लडेको स्मरण गर्नेहरु धेरै छन् ।

पत्रकार यज्ञराज पाण्डेको अगुवाइमा ‘लेक्स नेपाल’ले तयार गरेको  ‘कानुनका कर्मयोगी कृष्ण प्रसाद भण्डारी’एक बृत्तचित्रमा उनको इतिहास खोतल्ने प्रयास गरिएको छ । २००५ सालमा राणा शासन विरोधी आन्दोलनका बेला रौतहटमा तमसुक च्यातेर ‘जसको पोत उसकै जोत’ आन्दोलन थालेका भण्डारीले गाउँमा उसबेला नै विद्यालयहरु खोल्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गाउँमै रहँदा स्थानीय झैझगडा मिलाउन खटिने भण्डारीले २०१४ सालमा नै अधिवक्ताको लाइसन्स नै लिएका थिए । त्यसपछि उनी निरन्तर वकालतीमा सक्रिय भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ