arrow

एसएलसी : ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ उतिर्ण

३ सय ८३ जनाको परीक्षा रद्द, ३ सय ८० जनाको एक विषयको नतिजा राेकियाे

logo
प्रकाशित २०७३ असार २ बिहिबार
slc.jpg.jpeg
काठमाडौं । यस वर्षको एसएलसीमा ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उतिर्ण  भएका छन् । परीक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये १६ हजार ४ सय ५४ पास भएका परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । 
 
यसैगरी, यस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उतिर्ण  भएका छन् । यसैगरी, २.८ भन्दा माथि देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ तथा  २.४ भन्दा माथि देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना उतिर्ण भए । २ भन्दा माथि देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ भन्दा माथी देखि २.४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना उत्तिर्ण भएका पनिकाले जनाएको छ । विज्ञान विषय पढ्न २ जिपीए ल्याउनु पर्नेछ भने, मानविक तथा अन्य संकायमा भर्ना हुन । १.६ जीपीए ल्याउनै पर्ने बताइएको छ । पनिकाले यसै वर्ष देखि लेटर गे्रडिङ प्रणाली लागु गरेको हो । 
 
एसएलसी परीक्षा दिएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्द भएको छ । ३ सय ८० जनाको एक विषयको परीक्षा रद्द भएको छ । अब डी र ई ग्रेड पाउने परक्षार्थीले बढीमा दुई विषयमा पुनः परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धिको पुनः परिक्षा साउन २१ गते देखि हुने पनिकाले जानकारी गराएको छ । जसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् । प्राविधिक तर्फको नतिजा भने एक हप्तापछि सार्वजनिक हुने भएको छ । 
 
 
एसएसीको नतिजा हेर्न  
वेबसाइट www.moe.gov.no, wwww.doe.gov.np, www.soce.gov.np, www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, , नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMS बाट नजिता थाहा पाउन PSTN, CDMA, Postpaid, prepaid  मोबाइलको मेसेज बक्समा गएर slc ˂space˃  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ