arrow

पश्चिमा देशहरु चीनको आर्थिक प्रगतिलाई अवरुद्ध पार्न चाहन्छ – बिजुक्छे

logo
प्रकाशित २०७३ असार २ बिहिबार
बिजुक्छे.jpg.jpeg
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पश्चिमा देशले एसियाली एसियाली मुलुकलाई एकापसमा भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षड्यन्त्र गरिरहेको बताएका छन् । 
 
नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा आज यहाँ भएको दक्षिण चीन सागर र त्यहाँका टापूसम्बन्धी विवाद विषयको विचार गोष्ठीमा बोल्दै उनले पश्चिमा देशको षड्यन्त्रप्रति जनता सचेत हुनुपर्ने बताए । 
 
भारत, जापान र आसियान देशलाई हतियारको रुपमा प्रयोग गरेर अमेरिकी र पश्चिमा देशले चीनको आर्थिकको प्रगतिलाई अवरुद्ध गर्न खोजिरहेको उनको आरोप थियो । 
 
मालाबार युद्धाभ्यास एक क्षेत्र एक बाटो तथा एक्काइसौँ शताब्दीको सामुद्रिक रेशम मार्गको चिनियाँ सपना बिथोल्ने उद्देश्यले भइरहेको अध्यक्ष बिजुक्छेको तर्क थियो । 
 
चीनले कहिल्यै कुनै पनि देशमा उपनिवेश लादेर दुःख दिने काम नगरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेले अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका बेला दक्षिण चीन सागरको विवादलाई उछाल्ने काम गरिरहेको आरोप लगाए । 
 
नेमकिपाका केन्द्रीय सदस्य एवम् विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवाल, नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंलगायतले चिनियाँ क्रान्तिका उपलब्धि ध्वस्त बनाउन पश्चिमा मुलुकहरु लागिपरेको बताए । 
 
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेमकिपा विदेश सम्बन्ध विभागका सदस्य सुरेन्द्रराज गोसाईं, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजू, राजेन्द्र चवाललगायतले दक्षिण चीन सागर र टापूको इतिहास तथा विश्वको वर्तमान राजनीतिक अवस्थाबारे बोलेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ