arrow

विप्लव माओवादीले एनसेलको टावरहरुमा गरेको आगजनीबाट दश लाख भन्दा बढी सर्वसाधारण संचारबाट बन्चित

logo
प्रकाशित २०७३ असार २ बिहिबार
ncell.jpg.jpeg
काठमाडौ । विप्लव माओवादीका कार्यकर्ताहरुले देशका बिभिन्न जिल्लामा रहेका  २८ वटा बेस स्टेसन (टावरहररु) मा क्षति पुर्याउदा १० लाख भन्दा बढी जनता संचारबाट बन्चित भएको प्रारम्भिक आँकडा आएको छ । त्यसैगरी भौतिक क्षति कति भएको छ भन्नेबारेमा अझै तथ्याङ संकलन कार्य जारी एनसेलले जनाएको छ ।
 
यस अघि नै एनसेलका टावरहरुमा भौतिक आक्रमण भएको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोग तथा उद्योग बाणिज्य महासंघ लगायतले गम्भीर ध्यानाकर्षण भएको  भन्दै स्वतन्त्रपूर्वक एक अर्कासँग सञ्चार सम्पर्क गर्न पाउने अधिकारबाट नागरिकहरु बन्चित भएकोले क्षति पुर्याउनेलाई कारवाहीको दायरामा ल्याउन सरकारसग जोडदार माग गरेका छन् ।  
 
जबकी नेपालको संविधानको धारा ९१९०। ३ मा सञ्चारको हकमा कानून बमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख छ । राष्ट्रिय मानव अधिकार आयोगकका प्रवक्ता मोहना अन्सारीले हस्ताक्षरित बिज्ञप्तीमा समेत एनसेल टावरहरुमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र ‘घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसग माग गरेका छन् ।’
 
मुलुकको अर्थतन्त्र अत्यन्त गम्भीर मोडमा पुगेको, स्वदेशी एवं विदेशी लगानी आकर्षणको अवस्था कमजोर रहेको बेला देशभित्र संचालित उद्योग व्यवसाय त्यसमा पनि दूरसंचार जस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको यस प्रकारको आक्रमणले कस्तो संदेश जाला गम्भीर भएर सोच्न उद्धोग बाणिज्य महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाएको छ । 
 
मोवाईल सेवा प्रदायक कम्पनीको रुपमा रहेको एनसेलले कम्पनीको बेस स्टेसनमा आक्रमण गरी दूरसंचार पुर्वाधारमा भौतिक क्षति पुर्‍याउने कार्यको भत्सर्ना गर्दै बिज्ञप्ती समेत निकालेको छ । एनसेलको बिज्ञप्तीमा भनेको छ “हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पुर्‍याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।
 
 एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको समेत जनाएको छ  । साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ