arrow

काँग्रेस गाउँ जाने

logo
प्रकाशित २०७३ असार २ बिहिबार
congress-flag-11111.jpg.jpeg
धरान ।  नेपाली कांग्रेस अब गाउँ गाउँमा जाने भएको छ । सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको काँग्रेस सुनसरीको बैठकले सुनसरीका सबै गाउँ र नगरमा विशेष कार्यक्रम सहित जाने निर्णय गरेको हो । पार्टी शुद्धिकरण र शशक्तिकरण, कार्यकर्ताहरु वीच भावानात्मक मेलमिलाप, १३औं महाधिवेशनवाट पारित नीति तथा कार्यक्रमबारे अभिमुखिकरण र संगठन विस्तार गर्ने उद्देश्यले जिल्ला सदस्यहरुलाई विशेष जिम्मेवारीका साथ गाउँगाउँ र नगरका वडावडाहरुमा खटाउने र सोही क्रममा स्थानीय विविध जनगुनासा र समस्याहरु संकलन गरी समाधानका लागि स्थानीय निकाय देखि मन्त्रालयसम्म विशेष पहल गर्ने निर्णय गरेको पाटी जिल्ला प्रवक्ता एवं सचिव सुजेन्द्र तामाङले बताए ।
 
त्यसैगरी प्रत्येक ३/३ महिनामा सुनसरीका ५ वटै नगरमा रक्तदान गर्ने, प्रत्येक महिनामा १ पटक प्रशिक्षण कार्यक्रम गर्ने, ६/६ महिनामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु वीच अन्तरक्रिया गर्ने, ३/३ महिनामा ज्येष्ठ राजनीतिज्ञ समिति र भातृ तथा शुभेच्छुक संघ-संस्थासंग अन्तरक्रिया गर्ने, त्रैमासिक रुपमा बुलेटिन प्रकाशित गर्ने, पाटीका नेताहरुको जन्मजयन्ती, स्मृति दिवस र राष्ट्रिय दिवसहरुलाई विशेष महत्वका साथ मनाउने, वार्षिक सम्मेलन लगायतका वार्षिक योजना तथा कार्यक्रम समेत पारित गरेको प्रवक्ता तामाङले बताए । 
 
असार १८ गते गिरिजाप्रसाद कोइरालाको जन्म जयन्तीको अवसर पारेर जिल्ला पाटी कार्यालय परिसरमा निर्माण गरिएको स्व. गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्ने र सबै क्षेत्रहरुमा विशेष कार्यक्रम गर्ने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ