arrow

एमाले कर्मचारीभित्र बबण्डर : एकथरी सिंहदरबारको गेटमा-अर्कोथरी बालुवाटारमा

logo
प्रकाशित २०७३ असार २ बिहिबार
singha-durbar.jpg.jpeg
काठमाडौं । गत जेठ १९ गते भएको नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा पहिलो कर्मचारी संगठन बनेको एमाले निकट कर्मचारीहरूमा बबण्डर मच्चिएको छ । निर्वाचनपछि पाएको अध्यक्ष पदमा निजामती कर्मचारी संगठनबाट को जाने ? भन्ने विषयमा विवाद चुलिँदै जाँदा बिहीबार बस्ने भनिएको बैठकमा दुई पक्षबीच रस्सा कस्सी भएको छ । 
 
यो विषयमा देखिएको विवाद टुङ्ग्याउनको लागि भन्दै विहीबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा अध्यक्षका प्रत्यासी एवं अहिलेको संगठन अध्यक्ष पुण्यप्रसाद ढकाल ८ बजे नै ‘काम परेको’ भन्दै बाहिर निस्किएर साढे ६ बजेसम्म पनि नआएपछि अर्काे पक्षका कर्मचारीहरू संगठनको कार्यालय अघि जम्मा भएर बसेका छन् । विवाद बढ्दै गएको खण्डमा विहीबार मतदान गरेरै भएपनि टुङ्गो लगाउने सहमति भएपनि अध्यक्ष ढकाल कार्यालयमा नै नआएपछि केन्द्रीय सदस्यहरू समेत उनकै प्रतिक्षामा सिंहदरबारको छेवैमा रहेको कार्यालय बाहिर जम्मा भएर बसिरहेका छन् । 
 
उता, काम छ भन्दै गएका अध्यक्ष ढकाल भने प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेको बुझिन आएको छ । एक केन्द्रीय सदस्यका अनुसार मतदान गर्दा आफ्नो जीत सुनिश्चित नरहेको भन्दै केपी ओलीलाई कुरा मिलाईदिन आग्रह गर्न पुगेको कारण केन्द्रीय सदस्यहरू समेत ढकाल आउने प्रतिक्षामा सिंहदरबार अगाडि बसिरहेका हुन् । तर, ढकाल भने कतिबेला आउने हुन् भन्नेमा पत्तो रहेको छैन । 
 
यसरी पहिलो संगठन बनाएपछि पनि नेतृत्वमा जानको लागि लडाई गर्न थालेपछि कर्मचारीहरूमा भने निराशा छाएको छ । अध्यक्ष पदका लागि अहिले ढकालसँगै भोला पोखरेलले पनि आकांक्षा देखाएपछि यस्तो बबण्डर मच्चिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ