डडेल्धुरा । नेपाली काँग्रेस जिल्ला कार्य समिति डडेल्धुराको आज बसेको बैठकले शान्ति समिति डडेल्धुरा मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुक्ष्पकमल दाहाल प्रचण्डका नाममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको तर्फबाट उजुरी दर्ता गराएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुक्ष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको दश वर्षे द्वन्दकालको क्रममा नेपाली काँग्रेसका थुप्रै निर्दोष कार्यकर्ताहरु मारिएको , रानीतिक पूर्वाग्रहमा अंगभंग भएका , लखेटिएका , वेपत्ता पारिएका लगायत भौतिक सम्पति र संरचनाहरु ध्वस्त गराएको भन्दै पीडितलाई न्याय दिन उजुरीमा उल्लेख गरिएको छ ।
द्वन्दकालको फाइृदा उठाउदै राजनीतिक उद्देश्य भन्दा पनि जनता र जनताका सेवकलाई फरक बिचार भएकै कारण बिभिन्न यातना दिएर जनयुद्ध आचारसंहिता बिपरित मानविय र भौतिक सामाजिक रुपमा तहसनहस पार्ने काम प्रचण्डको निर्देशनमा भएको आरोप लगाउदै अक्षम्य अपराधको निस्पक्ष छानविनका लागि आयोगमा उजुरी दर्ता गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव लक्ष्मी प्रसाद अवस्थीले जानकारी दिएका छन ।
उजुरीमा भनिएको छ नेपाली काँग्रेसका तत्कालिन प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्री एवं बर्तमान पार्टी सभापति शेर बहादुर देउवाको जन्मस्थान असिग्राम ५ रुवाखोलामा रहेको पुख्र्यौली घर २०५९बैशाख १० गते ध्वस्त हुने गरि आगजनी , पार्टीको कार्यक्रममा भाग लिई कंञ्चनपुरबाट नेपालगंज जाने क्रममा २०६० भाद्र मा कैलाली जिल्लाको पहलमानपुर नजिकै अमखैया जंगल नजिकै निज चढेको गाडीमा निजको ज्यान लिने मनसायले गोली प्रहार गर्नुका साथै निकृष्ट युद्धअपराध शैलीको व्यवहार प्रदर्शन गरिएकोमा जनयुद्धका नाईके भनिएको कमरेड प्रचण्डको प्रत्यक्ष निर्देशन कामकारवाहीको नैतिक जिम्मेवारी लिनु पर्ने ठहर गर्दै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुक्ष्पकमल दाहाल प्रचण्डका नाममा जिजका बिरुद्ध नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरालाई आवश्यक निर्णय गर्न सभापतिको सल्लाह बमोजिम बिहिवार बसेको बैठकले शान्ति समिति डडेल्धुरा मार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरिएको हो ।