arrow

एमाले कर्मचारी झडपमा सचिव घाइते, ४ बजे फेरि बैठक

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
Singhadurbar-hamrakura-1.jpg.jpeg
काठमाडौं । आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अध्यक्ष बनाएर कसलाई पठाउने भन्ने विषयमा एमाले निकट कर्मचारी संगठनमा कुटाकुट भएको छ । शुक्रबार केन्द्रीय समितिको बैठक बस्ने भनिएपनि पेशागत महासंघको कार्यक्रममा जान र खाना खाने समप पनि भएको भन्दै अध्यक्षले केही समय समिति स्थगित गर्न लागेपछि अर्काे पक्ष आक्रामक रूपमा प्रस्तुत भएको हो । 
 
बिहीबार आफ्नो काम रहेको भन्दै संगठनका अध्यक्ष ढकाल बिहीबार दिनभर बेपत्ता भएपछि अर्काेपक्षले बैठक स्थगित नगरीकनै अध्यक्षमा कसलाई पठाउने भन्ने विषय टुङ्गाउन माग गरेका थिए । तर, पापडको कार्यक्रममा जानको लागि भन्दै अध्यक्ष ढकालले जवर्जस्ती बैठक स्थगित गरेपछि अर्काे पक्षले उनीमाथि आक्रामण प्रयास गरेको थियो । अध्यक्षलाई जोगाउने क्रममा संगठनका केन्द्रीय सचिव गंगाबहादुर सुनुवारको हात भाँचिएको संगठनका वरिष्ठ उपाध्यक्ष केदार देवकोटाले जानकारी दिए । 
 
देवकोटाका अनुसार खानाखाने समय माग्दा पनि अर्काेपक्षले टुङ्गो लगाएर मात्रै बाहिर जान चर्काे दबाब दिएपछि यस्तो स्थिती सिर्जना भएको हो । यस विषयमा चार बजे फेरि केन्द्रीय समितिको बैठक बस्ने जानकारी पनि देवकोटाले दिए । 
 
यो विषयमा देखिएको विवाद टुङ्ग्याउनको लागि भन्दै विहीबार पनि बिहान ८ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाईएको थियो । अध्यक्षका प्रत्यासी एवं अहिलेको संगठन अध्यक्ष पुण्यप्रसाद ढकाल ८ बजे नै ‘काम परेको’ भन्दै बाहिर निस्किएर साढे ६ बजेसम्म पनि नआएपछि अर्काे पक्षका कर्मचारीहरू संगठनको कार्यालय अघि जम्मा भएर बसेका थिए ।
 
विवाद बढ्दै गएको खण्डमा विहीबार मतदान गरेरै भएपनि टुङ्गो लगाउने सहमति भएपनि अध्यक्ष ढकाल कार्यालयमा नै नआएपछि केन्द्रीय सदस्यहरू समेत उनकै प्रतिक्षामा सिंहदरबारको छेवैमा रहेको कार्यालय बाहिर जम्मा भएर बसिरहेका थिए । यही विषयको विवादले शुक्रबार कुटाकुट समेत भएको छ ।  
 
यसरी पहिलो संगठन बनाएपछि पनि नेतृत्वमा जानको लागि लडाई गर्न थालेपछि कर्मचारीहरूमा भने निराशा छाएको छ । अध्यक्ष पदका लागि अहिले ढकालसँगै भोला पोखरेलले पनि आकांक्षा देखाएपछि यस्तो बबण्डर मच्चिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ