arrow

नेकपा (माक्र्सबादी) आन्दोलित

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
andolan1.jpg.jpeg
काठमाडौ। मुलुकका समस्या समाधानमा सरकार जिम्मेवार बन्न नसकेकोले दवाव सृजना गर्न भन्दै नेकपा (माक्र्सबादी ) आन्दोलनमा उत्रिएको छ ।  पार्टीले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 
 
घोषित आन्दोलनका कार्यक्रमहरुमा पहिलो चरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र र राष्ट्रपतिलाई स्मरण पत्र बुझाउने, आन्दोलनका कार्यक्रमहरुमा जनजागरण पैदा गर्न प्रचार प्रसार गर्ने, विभिन्न जिल्लाहरुमा धर्ना कार्यक्रम सञ्चालन गर्ने, कोणसभा गर्ने र यति गर्दा पनि सरकार जिम्मेवार नभए औद्योगिक प्रतिष्ठान, शैक्षिक सस्था बन्द र चक्का जाम गर्ने रहेका छन ।
 
पार्टीको आन्दोलन परिचालन समितिका संयोजक तेज प्रकाश घिमिरेले भुकम्प पीडित अझै पनि खुला आकास मुनि बस्न बाध्य भएको, संविधानमा रहेका विभिन्न समूदायको असन्तुष्टी समावेश गर्न नसकेको र मुलुक भ्रष्टाचार, विकृति, महंगी र कालाबजारीबाट आक्रान्त रहेको अवस्थामा जिम्मेवार जनताका प्रतिनिधिको नाताले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको स्पष्ट पार्दै राज्यले आफूहरुको आग्रहलाई नसुने त्यसको गंभिर परिणाम भोग्नु पर्ने चेतावनी दिए । 
 
उनले बजेटले गरिब, निमुखा जनताको लागि केही गर्न नसेको भन्दै मधेस आन्दोलनबाट उठेका एजेण्डा राष्ट्रिय हित विरुद्ध भएकोले त्यस्ता मागहरु कुनै हालतमा पुरा गर्न नहुने बताए । जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीले सरकारले नागरिकताको छानविन गरे मधेस आन्दोलन ८० प्रतिसत आफै सेलाएर जाने भन्दै मधेस आन्दोलन जनताको चाहनामा भन्दा पनि भारतीय ईशारामा गरिएको दावी गरे । 
 
उनले जनताको तात्कालिन समस्या समाधान नहुन्जेलसम्म आफूहरुले निरन्तर आन्दोलन जारी राख्ने स्पष्ट पार्दै सरकार लापरवाह भए अझै कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिए । पार्टीका सचिवलाय प्रमुख अच्यूतराज ज्ञवालीले संविधानले सबै जनताको भावना समेट्न नसेकोभन्दै उनीहरुको अपनत्व हुने गरी संविधानलाई कार्यान्वयन गराउनु पर्ने सुझाव दिए । उनले सरकारले भुकम्प पीडित सहित जनताका जनजीविकाका सवालमा काम गर्न नसकेकोले आफुहरु आन्दोलनमा उत्रन बाध्य भएको दावी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ