arrow

शक्तिशाली मन्त्रालयमा जान सचिवको दौडधुप

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १८ आइतबार
secretary-nepal-gov.jpg

काठमाडौं। निजामती कर्मचारीहरुकोलागि गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग आकर्षक कार्यालय मानिन्छ। त्यसमा त्यस्ता कार्यालयमा जान सचिवहरू मरिहत्ते गर्छन। माघको तेश्रो हप्ताबाट निर्वाचन आचार संहिता लागु हुने छ। आचार संहिता लागु भए पछि सरकारले कर्मचारीहरुको सरुवा-बढुवा गर्न पाउदैन। त्यसैले निर्वाचनलाई ध्यानमा राखी सरकारले गृहमन्त्रालय, निर्वाचन आयोग, संघीय माामिला, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, अख्तियार जस्ता महत्वपूर्ण कार्यालयमा सचिव फेरबदल गर्ने तयारी गरेको छ। निर्वाचन केन्द्रीत गरी निर्वाचनललाई  प्रभाव पार्न सक्ने ठाउँमा आफना मान्छे राख्न सरकार लागेको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार करिब १५ दिन अघि नै ठूलो संख्यामा सचिव फेरबदल गर्न सरकार लागेको हो तर आन्तरिक गृहकार्य नमिलेकोले सचिव फेरबदलको अझै टुंगो लागेको छैन। तर पनि केही दिनभित्रै ठूलो संख्यामा सचिव फेरबदल हुन सक्ने प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।

केही दिन अघि भएको चर्चामा गुहमन्त्रालयमा एकनाराण अर्यालय (हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत),सामान्य मन्त्रालयमा सुरेश अधिकारी (हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत) तथा अख्तियारमा तोयाम राया (हाल श्रम तथा रोजगार मन्त्रालयमा कार्यरत)लाई सरुवा भएको हल्ला गरिएको थियो। तर यसको पुष्टि हुन सकेको छैन। यस विषयमा जिज्ञासा राख्दा कुहिरोमा हराएको काग झै सचिवहरु आफै रणभूल्लमा परेका छन्। यसबारेमा आफू जानकार नभएको उनीहरूको प्रतिक्रिया छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहमन्त्रालयमा जान हाल संघीय मन्त्रालयका सचिव एकनारायण तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सूर्य गौतमले होडवाजी गरेका छन। यसैगरी निर्वाचन आयोगमा जान सुरेश अधिकारी लाइन मिलाउदैछन्। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र अधिकारी दाजुभाइ (मामाका छोरा र फुपका छोरा) नाता पर्छन्। त्यसैले उनलाई आयोगमा जान सजिलो पर्छ। निर्वाचन आयोग र अख्तियारले आफूले चाहेको कर्मचारी आफै छान्न पाउछन्।

यसैगरी उद्योग मन्त्रालयमा हाल प्रधानमन्त्री कार्यालयमा थन्काइएका तोयानारायण ज्ञवाली र हाल महिला मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडा जान होडबाजी गरेका छन्। करिब ६ अघि मात्र खतिवडा उद्योगबाट महिला मन्त्रालयमा गएकी थिइन। उनी पुरानो ठाउँमा फर्कन राष्ट्रपति विद्या भण्डारीसम्मको  स्वर्स लगाएको स्रोतको भनाइ छ। राष्ट्रपति भण्डारी आफ्नो नातेदार पर्ने गरेको  उनले चर्चा गर्ने गरेकी छन्।

निजामती कर्मचारीहरुकोलागि महिलाभन्दा उद्योग आकर्षक मन्त्रालय मानिन्छ। शंकर पोखरेल निकट भरतराज सुबेदीलाई प्रमुख सचिवमा पदस्थापना गर्न सरकारले केही दिन अघि लुम्बिनी प्रदेशका तत्कालिन प्रमुख सचिव ज्ञवालीलाई लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयमा बोलाएको थियो।आफू अन्यायमा परेको भन्दै यसपटक उद्योग मन्त्रालयमा सरुवा गर्न ज्ञवालीले आग्रह गर्ने गरेको स्रोतको भनाइ छ।

स्रोतले भन्यो, प्रधानमन्त्रीले गृह, निर्वाचन तथा अर्थ मन्त्रालयमा सचिव चलाउन खोजे पनि हालका गृह सचिव महेश्वर न्यौपाने उत्तीकै शक्तिशाली मानिन्छन। लाइन मिलाउन न्यौपानै उत्तीकै सिपालु छन्। स्रोतले भन्यो‘त्यसैले पनि आन्तरिक गृहयकार्य जुटाउन केही ढिलो भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ