वीरगन्ज । नक्कली सर्टिफिकेट लिई काम गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट ८ जनालाई पक्राउ गरेको जनाएको छ । शुक्रबार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले विभिन्न अस्पतालमा कार्यरत अाठ जना प्रहरीले नक्कली प्रमाणपत्र धाराा गरी सेवा गरिरहेको आरोपमा पक्राउ गरिएको वीरगञ्ज प्रहरीले जनाएको छ ।
एसपी राजुबाबु श्रेष्ठको नेतृत्वमा गएको टोलीले अाठ जनालाई नियन्त्रणमा लिएको जनाउँदै वीरगञ्ज प्रहरी सञ्चार शाखाले थप जानकारी आउन बाँकी रहेको पनि जनाएको छ ।