arrow

गुगलले विशाल 'गुप्त मानव परिक्षण' गर्दै, कसलाई पर्छ असर ?

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
google00.png

काठमाडौं । गुगलले प्रयोगकर्तालाई थाहै नहुने गरी एक किसिमको ठूलो परिक्षण गरिरहेको खुलेको छ ।यो परिक्षणले 'गुगल सर्च' गर्ने करोडौं प्रयोगकर्तामध्ये केही प्रयोगकर्ताले वास्तवीक 'सर्च'को नतिजा पाउँने छैनन् ।

यो परिक्षण अहिले अष्ट्रेलियामा गरिरहेको खुलासा भएको छ । कुनै पूर्व जानकारीबिना नै गुगलले त्यहाँका १ प्रतिशत प्रयोगकर्तामाथि यस्तो परिक्षण गरेको हो ।

गुगलका प्रवक्ताले बेलायती पत्रिका 'द गार्जियन'लाई परिक्षण गरिरहेको पुष्टि गरेका छन् । यो परिक्षण जनवरीको मध्यसम्म चल्ने बताइएको छ ।

के हुन्छ असर ?

यो परिक्षण अष्ट्रेलियाली डिजिटल पत्रिकामाथि भएको देखिएको छ ।

गुगलको गुप्त परिक्षणको चपेटमा पर्ने १ प्रतिशत प्रयोगकर्ताले कुनै समाचारको शिर्षक वा समाचारका लागि सर्च गर्दा त्यहाँका मुख्य पत्रिका नदेखेर सामान्य पत्रिकाको नतिजा मात्रै देख्नेछन् ।

अहिले १ लाख ६० हजार प्रयोगकर्तामा यस्तो परिक्षण भइरहेको अनुमान गरिएको छ । गुगलले प्रत्येक वर्ष हजारौं यस्ता परिक्षण हुने गरेको भन्दै यो कुरालाई अल्झाउन खोजेको छ । 

तर, बिना जानकारीका यस्ता परिक्षणले प्रयोगकर्तामाथि गलत सुचना एवं अन्य कुराको ठूलो जोखिम हुने जानकारहरुको चिन्ता छ ।

गुगलले यसो भन्नुको अर्थ, बढी स्पिडमा गाडी चलाइरहेका बेला प्रहरीले पक्राउ गर्‍यो भने, मैले हजारौं पटक बढी स्पिडमा गाडी चलाएको छु,यो सामान्य हो भन्नु जस्तै भएको भन्दै आलोचना भइरहेको छ ।

यदि गुगलले भने झैं यो हजारौं मध्येको एक परिक्षण हो भने, विगतमा हामी कतिचोटी बिना जानकारी प्रयोग भएका छौं भन्ने प्रश्न समेत उठेको छ ।

हाम्रो ध्यानमा परिक्षण !

यस किसिमको परिक्षणलाई एबी टेस्टिङ भनिन्छ । यसमा ठूलो जनसंख्यालाई दुई भाग (ए र बी) मा बाँडिन्छ र त्यसमध्ये कुन भाग बढी मानिसले मन पराए भनेर थाहा हुन्छ । यस्तो परिक्षण विज्ञापन देखाउँनका लागि समेत हुनेगर्छ ।

गुगलले अष्ट्रेलियामा सर्चको नतिजालाई दुई भागमा बाँडेको देखिन्छ । एक जुन वास्तवीक सर्च र अर्को गुगलले चाहेर देखाइरहेको सर्च ।

परिक्षणको चपेटमा परेकाले गुगलले चाहेर देखाएको नतिजामात्रै देख्नेछन् । र यसबाट गुगलले ती व्याक्तिले उक्त समाचार मन पराए कि पराएनन्, पढे किन पढेनन् लगायतका अनेकौं किसिमका तथ्यांक संकलन गर्न सक्छ ।

गुगलले यो केका लागि गरिरहेको छ भनेर थाहा हुन सकेको छैन । 

तर, हालै अष्ट्रेलिया सरकारले गुगलमा सर्च गर्दा समाचार देखाएवाफत समाचार प्रकाशक मिडिया कम्पनीलाई पैंसा दिने कानुन अघि सारेको थियो ।

गुगलले यो कानुनको अस्वीकार गर्दै बरु त्यहाँ आफ्नो सेवा नै बन्द गर्ने भनेको थियो । 

यस्तै  परिक्षण...

यसअघि गुगलले सन् २०१८ मा आर्टिफिसियल भोइसबाट होटल, भिसा बुक गर्न कुराकानी गर्न सक्ने प्रणाली बनाएको थियो । यसको प्रयोगमा गुगलले भिसा बुकिङ गर्न लागेका एक व्याक्तिमा गरेको खुलेको थियो ।

सन् २०१२ मा फेसबुकले यस्तै किसिमको परिक्षण ७ लाख प्रयोगकर्तामा गरेको खुलासा भएको थियो । यसबाट फेसबुकको चौतर्फी आलोचना भएको थियो ।

यस परिक्षणले प्रयोगकर्तालाई वास्तविक समाचार या कम्पनीले चाहेको समाचार देखाउँन सक्छ ।

गुगल फेसबुक, अमेजोन, नेटफिलिक्सलगायतका टेक्नोलोजीहरु मानव नियन्त्रण गर्नसक्ने अस्त्र बनेका छन् । तर, यस्ता कम्पनीहरुले आफ्नो ढंगले नै मानिसहरुमा अनेकौं परिक्षण गर्ने हो भने यसले ठूलो जोखिम निम्त्याउँन सक्ने देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ