arrow

विराटनगरका नामी डाक्टर अख्तरको नाटकिय पक्राउ, प्रहरी विरामी बनेर गए

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
dco-new.jpg.jpeg
विराटनगर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली सर्टिफिकेटधारी डक्टरहरुबारेको छानविनलाई तीब्र बनाएको छ । शुक्रबार विराटनगरका नामिक डक्टर जाबेद अख्तरलाई पक्रिन भने प्रहरीले नाटक रच्नु पर्यो । हाम्रा संवाददाताका अनुसार अख्तरलाई पक्रिन अनुसन्धान व्यूरोका प्रतिनीधि विरामीको नाटक गरेर अस्पताल छिरेर उपचार गर्नै लाग्दा पक्राउ परे । 
 
विराटनगरको बर्गाछीस्थित लाइफगार्ड अस्पतालका बरिष्ठ चिकित्सक अख्तर विगत केही वर्ष अघि विराट नगरमा १ नम्बरमा गनिन्थे भने चार पाँच वर्ष यता उनी टप डक्टरको सूचीमा पर्दै आएका छन् । उनको नाम लिने वित्तिकै विराटनगरमा जो कोहीले चिन्ने हाम्रा संवाददाताले बताए । अख्तर नक्कली सर्टिफिकेटको आरोपमा पक्राउ परेको बताइएपनि प्रहरीले यसबारे केही बोल्न मानेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ