arrow

ल्याव टेक्निसियन मृत भेटिए

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
paudel-news-doti.jpg.jpeg
डोटी । जिल्ला स्वास्थ्य कार्यालय डोटीका ल्याव टेक्नेसियन अधिकृत भिम प्रशाद पौडेल विहिबार राति आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । विहिबार विहान देखि बेलुका सम्म कार्यालयमा नआएपछि बेलुका करिव साढे ८ बजे खोजी गर्दा पौडेल मृत अवस्थामा भेटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख रामस्वार्थ यादवले जानकारी दिए ।  
 
पौडेलले उच्च रक्तचाप र ग्याष्टिकको औषधी सेवन गर्दै आएका थिए । कोहपुर –३ विद्यानगर निवासी पौडेल २०५० साल कार्तिक १५ गते देखि निरन्तर २२ वर्ष जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत थिए ।  दिउँसो पौडेललाई खोज्दै उनको निवासमा पुगेका कार्यालय सहयोगी र कर्मचारीले पौडेल सुतेको भन्दै फर्किएका थिए ।
 
राति साढे ८  बजेसम्म पौडेल बाहिर नआए पछि अस्पतालमा डिउटीमा रहेका प्रहरी जवान भुवन पाल निवासमा पुग्दा उनि मृत अवस्थामा भेटिएको पालले जानकारी दिए । पौडेलको मृत्यु पछि जिल्ला स्वास्थ्य कार्यालय डोटीले दिउँसो शोकसभा कार्यक्रम गरेको छ । शव बुझ्न पौडेलका छोरा, भाई र आफ्न्तहरु जिल्ला अस्पताल पुगे । पौडेलको शवलाई शुक्रबार गृहस्थान लगिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ