arrow

भारतको माल्पामा पहिरो, महाकाली नदी थुनिएको आशंका

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
mahakali-border.jpg

दार्चुला । कैलाश मानसरोवर मार्गमा पर्ने उक्त क्षेत्रमा मंगलबार पहिरो गएको हो । पहिरोका कारण महाकाली नदी थुनिएको आशंका गरिएको छ । पहिरो गएको क्षेत्रमा अहिले भारतीय प्रशासनले ढुङ्गा माटो हटाउने कार्य गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

 “पहिरो पन्छ्याउने काम भइरहेको छ”, उनले भने, “धेरै खतराको अवस्था छैन । हिउँदेयाम भएको र अहिले वर्षा र हिमपात नभएको कारण खतरा छैन ।”

पहिरोको अवस्था बुझ्न प्रहरीचौकी दुम्लीङबाट टोली खटिएको दार्चुलाका निमित्त प्रहरी प्रमुख भास्कर चन्दले बताए । यहाँबाट प्रहरी टोली पुग्न पाँच-छ घण्टा बढी समय लाग्छ तर जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी नगर्दै कञ्चनपुर जिल्ला प्रशासनले सीमा क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको  छ ।

नदी थुनिएको र छेउछाउका बस्तीमा खतरा हुनसक्ने भन्दै सावधानी अपनाउन कञ्चनपुर प्रशासनले सम्बन्धीत सबैमा आग्रह गरेको हो ।



नयाँ