arrow

एमाले कर्मचारी बैठक अनिश्चित कालको लागि स्थगित, अध्यक्ष छनोट अन्योलमा

logo
प्रकाशित २०७३ असार ३ शुक्रबार
13479656_1158909670867004_2044690484_n.jpg.jpeg
काठमाडौं। नेकपा एमाले सम्बद्ध कर्मचारी संगठनको केन्द्रीय समिति बैठक अनिश्चित कालको लागि स्थागित भएको छ। विहानै देखि बसेको बैठक केही समयको लागि स्थगित गर्न खोज्दा अध्यक्ष पुण्यप्रसाद ढकाल माथि आक्रमणको प्रयास भएको संगठनमा शुक्रबार अबेरसम्म बसेको केन्द्रीय समिति बैठकले अनिश्चित कालको लागि बैठक स्थागित गरेको संगठनका एक उच्च पधादिकारीले जानकारी दिए। 
 
साँझ अबेर बसेको बैठकले अध्यक्षमाथि भएको आक्रमणको निन्दा गर्दै यस घटनामा सम्लगनहरुलाई सचेत गराउन निर्णय पनि गरेको। तर बैठकमा प्रतिनिधि छनोटको विषयमा भने एजेण्डा प्रवेश भएन। उक्त विषयमा बाहिरी छलफलबाट सहमति जुटाएपछि मात्रै केन्द्रीय समिति बैठकमा निर्णययाथ पेश गर्नको लागि मात्रै बैठक बस्ने गरि स्थगित गरीएको हो। बाहिरी छलफलबाट प्रतिनिधिको टुग्गो कहिले लाग्छ भने विषय भने अन्योलमा नै रहेको कर्माचारी श्रोतले जनाएको छ।
 
चार बजे बस्ने भनिएपनि अबेर साँझ बसेको बैठकले विहानको घटनाको विषयमा समीक्षा गर्दै अर्को निर्णय भएर बैठक नबोलाएसम्मको लागि भन्दै बैठक स्थगित गरिएको ती कर्मचारीले बताएका छन्। 
 
बिहीबार आफ्नो काम रहेको भन्दै संगठनका अध्यक्ष ढकाल दिनभर बेपत्ता भएपछि अर्को पक्षले बैठक स्थगित नगरीकनै अध्यक्षमा कसलाई पठाउने भन्ने विषय टुङ्गाउन माग गरेका थिए। तर, पेशागत महासंघको कार्यक्रममा जानको लागि भन्दै अध्यक्ष ढकालले जवर्जस्ती बैठक स्थगित गरेपछि अर्को पक्षले उनीमाथि आक्रामण प्रयास गरेको थियो। अध्यक्षलाई जोगाउने क्रममा संगठनका केन्द्रीय सचिव गंगाबहादुर सुनुवारको हात भाँचिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ