- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। स्मार्टडोको अनलाइन सपिङ पोर्टलले यही १४ फेब्रुअरीमा मनाइने भ्यालेन्टाइन डे को अवसर पारेर ‘डोको भरी माया’ अफर सार्वजनिक गरेको छ। हालैमात्र रिलन्च भएको आइएमएस ग्रुपको स्मार्ट डोको अनलाइन सपिङ पोर्टलले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै रोमाञ्चकारी विशेष उपहार योजनासहित विभिन्न अफरहरू ल्याएको हो।
‘डोको भरी माया’ नाम दिइएको उक्त अफर अन्तर्गत यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरूलाई रोमान्टिक रात्रिकालीन वास,खाना र स्पा समेतको व्यवस्था दस जना भाग्यशाली जोडीहरूलाई उपलब्ध गराउने घोषणा गरेको छ।
उक्त अफरमा १० जोडीले अवसर पाउने आइएमएस ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। जसअन्तर्गत भाग्यशाली एक जोडीलाई उत्तरढोकामा रहेको भिल्ला७२ मा लन्च वा डिनर, भाग्यशाली दुई जोडीले गैरीधारास्थित भोजघरमा क्यान्डल लाइट डिनर पाउनेछन्।
त्यस्तै, भाग्यशाली दुई जोडीलाई नै पोखराको होटेल चौतारीमा दुई रात तीन दिनको प्याकेज, होटेल विराजमानको भुसे चुलोमा तीन जोडलाई लन्च डिनर त्यस्तैगरी ललितपुर झम्सिखेलस्थित किन्जला स्पामा भाग्यशाली दुई जोडीलाई वेल्नेस स्पाको अवसर मिलाइएको छ।
फेब्रुअरी १४ तारिखसम्मलाई सार्वजनिक गरिएको अफरमा एक हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने सुरुका ५० ग्राहकलाई निःशुल्क भ्यालेन्टाइन मास्क साथै रु.१ को खेलबाट गिफ्ट ह्याम्पर पनि जित्ने अवसर प्रदान गरेको छ।