arrow

रोपाइँमा गएकी राममाया तमोरमा हाम फालेर बेपत्ता

logo
प्रकाशित २०७३ असार ४ शनिबार
District-04-Taplejung-hamrakura.jpg.jpeg
ताप्लेजुङ । ताप्लेजुङको खोक्लिङ–३ की राममाया विक तमोर नदीमा एक्कासि हाम फालेर बेपत्ता भएकी छन् । खोक्लिङका लक्ष्मी गिरीको खेतमा रोपाइँको काम गर्न गएकी ४६ वर्षीय विक दिउँसो १२ बजे एक्कासि नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । 
 
प्रहरीका अनुसार सँगै काम गरिरहेका अन्य साथीलाई छाडेर नदीमा पुगेको र एक्कासि हाम फालेर विक बेपत्ता भएकी हुन् ।  बेपत्ता विक खोक्लिङ–३ का बलबहादुर विककी श्रीमती हुन् । उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । नदीमा हाम फाल्नुको कारण खुलेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ