arrow

ओली र देउवाबीच भेटवार्ता, नियमावली सहमतिका आधारमा पारित गराउने छलफल

logo
प्रकाशित २०७३ असार ४ शनिबार
oli-deuba.jpg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे शतिबार भेटवार्ता भएको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो नियमावलीमाथि हुने छलफलमा सहमतिका लागि सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
 
उनका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच नियमावली सहमतिका आधारमा पारित गराउनेबारेमा कुराकानी भएको छ। आइतबारको संसद्को बैठकमा नियमावली प्रस्तुत हुने कार्यतालिका छ।
 
संसद्को सुनुवाइ विशेष समितिमा कति सदस्य राख्ने भन्नेबारेमा सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीच विवाद देखिँदै आएको थियो। सत्तापक्षले नयाँ संविधान बमोजिम १५ सदस्यीय समिति र काँग्रेसले अघिल्लो संविधान बमोजिम ७५ सदस्यीय समिति हुनुपर्ने अडान राख्दै आएको छ।
 
सो समिति गठनमा ढिलाइ हुँदा न्यायाधीश, राजदूतलगायत पदमा भएको सिफारिसबारे सुनुवाइ हुन सकेको छैन। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ