arrow

सिआइवीको खोर डाक्टरहरुले भरियो, नक्कली सर्टिफिकेटधारी डाक्टरको आरोपमा ३६ पक्राउ

logo
प्रकाशित २०७३ असार ५ आइतबार
doctor_teacher_group.jpg.jpeg
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ( सिआइबी ) नक्कली सर्टिफिकेटधारी डाक्टरहरु देशभरबाट धमाधम पक्रिएर हिरासतमा राख्दा सिआइबीको हिरासत भरिएको छ। सिआइवीको हिरासत सानो भएको कारण समेत नक्कली सर्टिफिकेटधारी डाक्टरहरुका कारण खचाखच भएको बताइएको छ।
 
छानविनलाई तिब्र पार्दै केही दिन देखि बिरंगञ्ज, बिराटनगर, झापाबाट नक्कली डाक्टर भएको आरोपमा पक्रिन सुरु भएको सिलसिलालाई काठमाडौमा समेत तीब्र बनाएको सिआइबीले बताएको छ। काठमाडौमा शनिवार समेत ठुलो संख्यामा नक्कली सर्टिफिकेटधारी डाक्टरहरु समाते पनि अझै पनि सार्वजनिक गरेको छैन्।
 
शुक्रबार विराटनगरका नामिक डक्टर जाबेद अख्तरलाई पक्रिन भने प्रहरीले नाटक नै रच्नु पर्यो। अख्तरलाई पक्रिन अनुसन्धान व्यूरोका प्रतिनीधि विरामीको नाटक गरेर अस्पताल छिरेर उपचार गर्नै लाग्दा पक्राउ गरेका थिए। 
 
गत माघमा पनि सिआइवीले काठमाडौ र तराईका बिभिन्न अस्पतालबाट १३ जनालाई   एसएलसीको नक्कली सर्टिफिकेट बनाएर चिनमा गएर एमबिबिएस पढ्ने र नेपालको लाइसेन्स लिएको आरोपमा पक्रिएर कारवाहीको दायरामा ल्याउन थालेको थियो।   
 
त्यसैगरी गत शुक्रबार मात्रै बीरगञ्जबाट ८ जना चिकित्सकलाई नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले काठमाडौं ल्याइसकेको छ। 
 
नक्कली प्रमाणपत्रको आरोपमा काठमाडौका उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरूलाई शनिवार नियन्त्रणमा लिए पनि कति संख्यामा र को को नियन्त्रणमा लिएका हुन अझै खुलाएको छैन्। किष्ट कलेजका आईसियूमा काम गर्ने एक चिकित्सक समेत पक्राउ परेको बताइए पनि अन्य को को पक्राउ परेका हुन खुल्न सकेको छैन्। सिआइवी प्रमुख नवराज सिलवाले पनि पक्राउ परेको पुष्टी गरे पनि थप बिवरण सार्वजनिक आजै  गरिने जानकारी दिएका छन्।
 सिआईबीका प्रवक्ता दिवस लोहनीले बिभिन्न ठाँउबाट गरेर ३६ जना पक्राउ परेको पुष्टी गरेका छन्। उनीहरुलाई म्याद थपको लागि अदालत लगिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ