arrow

संसदीय सुनुवाई समितिमा कांग्रेसलाई सभापतिसहित १ तिहाई बढी सिट

कांग्रेसबाट समितिमा पर्ने अधिकांश देउवाकै

logo
प्रकाशित २०७३ असार ५ आइतबार
sansad.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको कार्यासञ्चालन नियमावली पारित भएसंगै महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेको छ । नयाँ नियमावलीको टुंगो लागेसंगै सुनुवाई समिति १५ सदस्यीय हुने भएको छ । १५ सदस्य मध्य सभापतिसहित ६ सदस्य कांग्रेसले पाउने भएको छ । जो समिति सदस्य संख्याको १ तिहाई भन्दा बढी हो । 
 
यस्तै, सत्ताधारी एमालेले ४, नेकपा माओवादी केन्द्रले २,  राप्रपा नेपालले १, फोरम लोकतान्त्रिकले १ सदस्य पाउने भएका छन् । यस्तै, खाली रहेको एक सिट मधेसवादी दलका लागि छुट्याइएको बताइएको छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अन्ततः आफुहरुकै कारण नियमावली टुंगो लागेको बताएका छन् । उनले भने, ‘संसदीय सुनुवाई समितिको संख्यामा हामी लचक भयौं, सर्व सहमतिले नियमावली पारित भएको भन्दा हुन्छ ।’ हाम्रो एउटा प्रस्ताव स्वीकृत भयो, सत्ताधारीको एउटा प्रस्ताव स्वीकृत भयो । 
 
श्रेष्ठका अनुसार कांग्रेसले संसदीय सुनुवाई गर्दा सरकारले ल्याएको प्रस्ताव दुई तिहाईले अस्वीकृत गरे मात्रै अस्वीकृत हुने प्रस्ताव राखेकामा सो पारित भएको हो । यस्तै, सत्ताधारी १२ दलले सुनुवाई समितिको संख्या नयाँ संविधान अनुरुप १५ सदस्यीय हुनु पर्ने भन्ने प्रस्ताव राखेकामा सो पारित भएको बताइएको छ । 
 
अब सरकारले ल्याएका प्रस्तावमा कुनै वाधा पर्दैन सजिलै पारित हुन्छ, श्रेष्ठले हाम्राकुरासंग भने, ‘सरकारले ल्याएको प्रस्ताव अस्वीकृत हुँदैन, दुई तिहाई कसैको न पुग्ने भएकाले उल्झन हुँदैन ।’ यसअघि, शनिबार प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो भने, एमाले संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको सक्रियतामा द्विपक्षीय छलफल भएको थियो । औपचारिक र अनौपचारिक विभिन्न चरणका छलफलमा शीर्ष दलहरुले सहमति जुटाएपनि अन्तिम टुंगो नलागेपछि संसदमा मतदान भएको थियो । 
 
कांग्रेसबाट समितिमा पर्ने अधिकांश देउवाकै
 
संसदीय सुनुवाई विशेष समितिमा कांग्रेसबाट यसअघिका सुनुवाई समिति सभापति कुलबहादुर गुरुङ, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य बालकृष्ण खाँण, केन्द्रीय सदस्य तथा पूर्व कोषाध्यक्ष चित्रलेखा यादव र केन्द्रीय सदस्य प्रकाशशरण महत परेका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवाले अधिकांश आफ्नै निकटकालाई सुनुवाई समितिमा पठाएका छन् । 
 
उता सत्ताधारी एमालेबाट केन्द्रीय सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य धर्मनाथ प्रसाद साह, प्रमुख सचेतक भानुभक्त ढकाल र केन्द्रीय सदस्य गणेशमान गुरुङ परेका छन् । माओवादी केन्द्रबाट हितराज पाण्डे र अनिता परियार छने भने, विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट योगेन्द्र चौधरी तथा कमल थापाको राप्रपा नेपालबाट शयन्द्र वान्तवा समितिमा आएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ