- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । शहरी विकास मन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् ।
रौतहटको गुजराको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तोकेको आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने जिकिर गरे ।
मन्त्री साहले सोही अवसरमा दोहोरो चरित्रका कारण नेपाली काँग्रेस साँघुरिँदै गएको बताए ।
उनले काँग्रेसका केही नेता अदालतको फैसला हेर्ने बताइरहेका छन् भने अर्का थरी आन्दोलन गरेर दोहोरो चरित्र प्रदर्शन गरिरहेका उल्लेख गरे ।