arrow

स्याङ्जा पूर्ण सरसफाई अभियानमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ असार ६ सोमबार
sarsafainews.jpg.jpeg
स्याङ्जा । स्याङ्जा जिल्लालाई २०२० सम्ममा पूर्ण सरसफाई बनाउने अभियानमा तिब्रता दिइएको छ । २०७२ साल पौष २५ गते जिल्लालाई खुला दिशामुक्त घोषणा गरे लगत्तै जिल्लालाई अव पूर्ण सरसफाई अभियान घोषणा गर्ने अभियानलाई तिब्रता दिएको हो ।
 
 सबै नागरिकलाई सरसफाई सम्वन्धी जानकारी दिनका लागि पत्रकारहरुको महत्वपूर्ण भुमिका हुने भएकाले स्याङ्जाका संञ्चारकर्मीहरुलाई एक दिने अभिमुखीकरण गोष्ठि मार्फत जानकारी दिइएको छ । जिल्ला विकास समिति स्याङ्जा र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा जिल्लाका पत्रकारहरुलाई यो अभियानमा सहभागि भई जिल्लालाई पूर्ण सरसफाई बनाउन आग्रह गरिएको थियो । 
 
सफा घर, सफा शहर स्याङ्जाको रहर भन्ने सन्देश प्रवाह गर्दै स्याङ्जालाई २०२० भित्र पूर्ण सरसफाई जिल्ला घोषणा गर्ने अभियानको थालनी भएको स्थानीय विकास अधिकारी महेश भट्टराईले बताए । यो अभियानलाई सफल बनाउन मन र श्लोक मार्फत सिमित श्रोत साधन परिचालन गरि जिल्लालाई पूर्ण सरसफाई जिल्ला घोषणा गर्न सकिने स्थानीय विकास अधिकारी भट्टराईको भनाई छ । 
 
सरकारले नै चालेको अभियानलाई सफल बनाउन संचारकर्मीहरुको महत्वपूर्ण भुमिका हुने भएकाले यो गोष्ठिको अवधारणा ल्याएको भट्टराईले बताए । हरेक नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था सगै गाँउ, टोल देखि जिल्ला हुदै देशलाई नै पूर्ण सरसफाई गर्ने लक्ष्य सरकारको रहेको प्रमुख इन्जिनियर रेवती रमण पराजुलीले बताए । पूर्ण सरसफाईको बारेमा आम नागरिकलाई बुझाउन संचारकर्मीको नै भुमिका हुने भएकाले स्याङ्जामा रहेका क्रियाशिल पत्रकारहरुले विभिन्न संचार माध्यमको प्रयोग गरि यो अभियानलाई सफल बनाउन पराजुलीले पत्रकारहरुलाई आग्रह गरे । 
 
२०७२ साल फागुन ११ गते सम्पन्न भएको जिल्ला परिषदबाट जिल्लालाई पूर्ण सरसफाई घोषणा गर्न पारित भए सगै अहिले सम्म चार गाविसका ७ ओटा वडाहरु पूर्णरुपले सरसफाई युक्त भएको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति स्याङ्जाले जनाएको छ । केही गाविसका वडाहरुले पनि यो अभियान पूर्ण रुपले सम्पन्न गरिसकेकाले छिट्टै पूर्ण सरसफाईयुक्त वडा घोषणा हुने चरणमा रहेको बताइएको छ । स्याङ्जालाई क्रमिक रुपले धुँवा मुक्त, स्वच्छ खानेपानी लगायतको जिल्ला घोषणा गर्ने अभियानको थालनी गरिएको जिल्ला विकास समिति स्याङ्जाले जनाएको छ ।
 
 स्याङ्जालाई सुन्दर जिल्ला बनाउन सके मात्रै यो अभियानको सार्थकता हुनेमा संचारकर्मीहरुले जोड दिएका थिए । स्याङ्जाका क्रियाशिल पत्रकारहरु, विभिन्न संघ संगठनका प्रमुख, पत्रकार महासंघ तथा विभिन्न संचार माध्यमका प्रमुखहरुको सहभागिता रहेको थियो । सबै पत्रकारहरुले यो अभियानलाई सफल बनाउन आ—आफ्नो तर्फबाट भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । गोष्ठिमा चन्द्रभक्त विष्टले सहजिकरण गरेका थिए । पत्रकारहरुले कस्तो भुमिका खेल्दा यो अभियानलाई पूर्णरुपले सफल बनाउन सकिन्छ भन्ने बिषयमा विष्टले सहजिकरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ