arrow

'हामीसँग राजनीतिका पेले, रोनाल्डो छन्, अबको प्रधानमन्त्री ओली नै '

logo
प्रकाशित २०७७ फागुन १२ बुधबार
pm-kp-oli3.jpg

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्‍याए ।

 हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ । अदालतको फैसलापछिको विश्लेषण गर्दै उनले भने- 'अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ ।'

अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउँछौ ।

हामीसँग नेपालको राजनीतिमा पेले छन् ,रोनाल्डो छ , म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छोड्नेवाला छैनौ, हाम्रै जित सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गर्छौ ।

उनले भने-'राजीनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।' संसद सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताए ।

 भने-‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौ तर यो निर्णयले झन् विवाद बढाएको छ । हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको सङ्कटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।

 ‘संसद पुरस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । 'अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उनले नै निर्वाचन गराउनुहुन्छ' उनले भने ।

नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्ट्याटस लेख्ने र  सडकमा कुर्लिनेहरूलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाऊ ।

सुन हो कि पित्तल, हिरा हो कि शिसा भनी नक्कली र सक्कली भनी छुट्टाउन सक्ने क्षमता जनतामा भएको बताउँदै अहिले आन्दोलन गरेर हिँड्ने गुट नक्कली भएको टिप्पणी गरे । भने-काग भएर मयुरको प्वाँख राखेर कराउँदै हिँडेका छन् । जनताले असली मयुर चिनेर प्वाँख हाल्ले मयुर रुपी काग  बन्नेलाई धिक्कार गर्नेछन् ।
 
 उनले मुलुक राजनीतिक सङ्कटतर्फ धकेलिएको सङ्केत गर्दै यसलाई रोक्ने काम ओली सरकारको भएको चर्चा गरे । भने-'यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नुहुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ