arrow

'काबुल घटनाले राजनितीकर्मीलाई रगतको छिटा'

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
afganisthan.jpg.jpeg
काठमाडौं । काबुलमा आतंककारी हमलामा परी नेपालीको निधन भएको घटनालाई सामान्यतया बैदेशिक रोजगारीको दृष्टीकोणले मात्रै हेरिएको छ । तर यसको पछाडी राजनितीक कारण छ भन्ने ठानेर राजनितीक कमजोरीको रुपमा स्विकार्न भने धेरै नेताले आँट गरेका छैनन । तर युवा नेता गगनकुमार थापा भने यसमा अपवाद जस्तै देखिएका छन् । 
 
काँग्रेस नेता थापाले नेपालका राजनितीक नेताहरुको कमजोरीका कारण उनीहरु बैदेशिक रोजगारीका लागि त्यहाँ जानु परेको र अनाहकमा ज्यान गुमाउनु परेको निश्कर्ष सहित आफुहरु त्यसको दोषी भएको महशुष गरेका छन् । 
 
उनले घटनाका बारेमा थाहा पाउने वित्तिकै सामाजिक संजाल फेसवुक मार्फत् यो घटनाले मुलुकलाई दुःखी मात्रै नभई आफुहरुलाई लज्जित समेत बनाएको धारणा राखेका छन् । उनले लेखेका छन् “आतंकवादीहरूको हमलामा कुनै सरोकार नभएका साथीहरू मारिए !! काम र मामको खोजीमा तन्नेरीहरूलाई यस्तो जोखिमपूर्ण ठाउँमा जान वाध्य पार्ने हामी राजनितीकर्मीहरूको अनुहारमा रगतको छिटा परेकोछ ।”
 
नेता थापाले कमजोरी एकातर्फ भएपनि समाधान अर्को तिर खोजेर नेपाली नेता अल्मलीएको टिप्पणी समेत गरेका छन् । त्यसलाई थापाले प्रतिकात्मक रुपमा लेखेका छन्, ”हामी भने अनुहारको छिटा नपुछेर एैना पुछिरहेका छौं।“
 
नेता थापाको फेसवुक स्टाटस प्रति धेरैले कमेण्ट गर्दै उनको सोंचोईको प्रशंसा गरेका छन् । हरिहर दाहालले कमेण्टमा लेख्छन्, ”सिंहदरबारको सदनकक्षमा भएको (मेरो बुझाईमा यो घटना अफगानिस्तानमा हैन, सिंहदरबार भित्र भएको मानिनु पर्छ) ह्रदयबिदारक घटनामा ज्यान गुमाउने १४ नेपालीहरुको आत्माले शान्ति पाओस् र उक्त घटनामा परि घाईते भएका बिरामीहरुको शिघ्र निको होस् । “
 
गगनको धारणाप्रति सहमती जनाउदै रमेश मगर बुढाथोकीको तिखो टिप्पणी छ । उनी लेख्छन् “कुरा धेरै गर्ने तर काम भने माखा मार्ने होइन । तिमीहरु जस्तो नेताहरूले गर्दा हामी नेपाली दाजुभाइ बिदेशीनु बाध्य छौ. गगनजी । सक्छौ भने नेपालै मै रोजगार दिलाउ ।”
 
लक्ष्मीप्रसाद कोइरालाले त गगनको धारणाप्रति सलाम गर्न मन लाग्ने गरेको अनुभव लेखेका छन्  “कहिलेकही चाइ साच्चै भवनात्मक र यथार्थ कुरा गर्नु हुन्छ !! अनि सलाम गर्न लाई हात उठान मन लाग्छ । जय होस् । मृत आत्माले शान्ती पाउन्, हार्दिक श्रद्धाञ्जली । ”
 
राष्ट्रियता र विकासको भाषण गरेर नथाक्नेहरु प्रति लक्षित गर्दै तुल बहादुर थिङले  यहाँनेर प्रशस्तै राष्ट्रवादीहरु भेटिन्छन् तर रेमिट्यान्सको भरमा चलेको देशको अर्थतन्त्र कसले बुझ्ने भनेर प्रश्न गरेका छन् । उनेले २०६१ इराकको घट्ना देखि लिएर अहिले काबुल सम्म आईपुग्दा कुन चाहिँ देशभक्त मनुवाको ध्यान गयो? रेमिट्यान्सको भरमा सदनमा बसेर बिकाश निर्माणको ढोल पिट्नेहरुलाई घोर भत्सर्ना गर्दछु भनेर लेखेका छन् । 
 
गगनको स्टाटसका कारण यस्ता घटनाको दोषी राजनितिक नेताहरु पनि हुन् भन्ने बहस फैलिन थालेको छ । उनको स्टाटसमा सयौ कमेण्ट आएका छन् भने दर्जनौले सेयर गरेका छन् । कमेण्ट गर्नेहरु मध्ये कतिपयले गगनलाई नै गाली गरेका छन् भने उनकै स्टाटसका कारण यस्ता घटनाप्रति राजनितिक नेतृत्वलाई जिम्मेबार बनाउनु पर्ने नयाँ दृष्टीकोण प्रकट भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ