arrow

आगो निभाउने क्रममा घाइते भएका भुलको मृत्यु

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
fire-killed-bhool.jpg

डोटी। गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका–७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । 

गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उहाँ बिहीबार साँझ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएका भुललाई बिहीबार नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिदिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो । 

जलेको अवस्थामा अस्पतालमा पु¥याइएको भए पनि गएराती उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेको, दुवै हत्केलाको पछाडि, टाउँको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले जानकारी दिनुभयो । मृतक भुलको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा लगिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ