arrow

पूर्वमा भारी वर्षा, कन्काई नदीमा पानीको बहाव खतराको सूचक माथि

पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना

logo
प्रकाशित २०७३ असार ७ मंगलबार
river-wrning-new.jpg.jpeg
काठमाडौं । पूर्वबाट असार १ गते भित्रिएको मनसुन देशभर सक्रिय भएको छ । असार ५ मा मध्य क्षेत्रमा पुगेको मनसुन अहिले सुदूर पश्चिम सम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देखि देशभर भएको पूर्ण बदलीले पूर्वमा सबैभन्दा बढी वर्षा भएको छ । पूर्वमा १ सय ४७ मिलिमिटर वर्षा भएपछि कन्काई नदीको पानीको बहाब बढेको छ । 
 
कन्काई नदीको मैनाचुली र शोक्तिम चिया बगान नजिक पानीको वहाव खतराको सूचक भन्दा माथि पुगेपछि बाढी पूर्वानुमान महाशाखाले आवश्यक तयारीका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
 
यस्तै, मनसुन सक्रिय भए यता काठमाडौंमा दैनिक १० देखि १२ मिलिमिटर वर्षा भइरहेकामा मंगलबार ३१ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसमविद् बरुण पौडेलले बताएका छन् ।
 
उनका अनुसार बर्दियाको गुलरियामा १ सय २२, धनगढीमा ५९, नेपालगन्जमा ३९ र पोखरामा २७ मिलिमिटर वर्षा भएको छ । मंगलबार बेलुकी पूर्वका एक दुई क्षेत्र र पश्चिमका १ दुई क्षेत्रमा भारी वर्षा हुने अनुमान रहेको मौसमविद् पौडेलले जानकारी दिए ।
बंगालको खाडीबाट पूर्व हुँदै भित्रिने मौसम जुन देखि सेप्टेम्बरसम्म ४ महिना रहने भएपनि सक्रिय तथा निष्क्रिय हुने क्रम जारी रहने मौसमविद्हरुको भनाई छ । यसवर्ष तीन दिन ढिलो गरी मनसुन भित्रिएको थियो । 
 
 

बंगालको खाडीबाट पूर्व हुँदै भित्रिने मौसम जुन देखि सेप्टेम्बरसम्म ४ महिना रहने भएपनि सक्रिय तथा निष्क्रिय हुने क्रम जारी रहने मौसमविद्हरुको भनाई छ । यसवर्ष तीन दिन ढिलो गरी मनसुन भित्रिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ