arrow

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीको निधन, गाउँपालिकामा दुई दिन शोक बिदा

logo
प्रकाश भट्ट,
प्रकाशित २०७७ फागुन १७ सोमबार
rudre-singh-dhami-died-cong.jpg

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको निधन भएको छ। एक्कासी बिरामी भएका उनको सोमबार बिहान ७८ वर्षको उमेरमा वडा नम्बर ३ मडमा आफ्नै घरमा मृत्यु भएको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिए । 

वडाध्यक्ष धामी देशकै सातौं धाम श्री शैल्यशिखर मालिकार्जुन धाम तथा धार्मिक पर्यटकीय गन्तब्य मालिकार्जुन मन्दिरका मुखियासमेत थिए । उनको सोमबारै अन्त्येष्टि गरिने भएको छ। 

उनको निधनमा गाउँपालिकाले दुई दिन शोक बिदा दिनेसमेत निर्णय गरेको छ । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ