काठमाडौं। क्रोएसियाले स्पेनले हराउँदै समुह 'डी'को बिजेता बन्दै दोस्रो चरणको यात्रा तय गरेको छ। त्यसैगरि स्पेन समुह उप-बिजेता हुँदै 'राउण्ड अफ सिक्सटिनमा' स्थान पक्का गरेको छ।
खेलको ७औं मिनेटमा अलवेरो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। खेलको ४५औं मिनेटमा क्रोएसियाका निकोला कालिनिचले गोल गर्दै खेल १-१को बराबरीमा पुर्याएका थिए।
खेललप ८७औं मिनेटमा ईभान पेरिसिचले क्रोएसियाकालागि गोल गर्दै २-१को अग्रता लिएका थिए। खेलको ७२औं मिनेटमा सर्जिओ रामोसको पेनाल्टी क्रोएसियन गोलकिपरले बचाउँदा स्पेन पराजित हुनु परेको थियो।
त्यसैगरि अर्को खेलमा टर्कीले चेक गनतन्त्रलाई २-० गोलले पराजित गरेको छ। खेलको १०औं मिनेटमा बुराक ईलमाज गोल गर्दै टर्कीलाई अग्रता दिएका थिए। त्यसैगरि खेलको ६५औं मिनेटमा ओजान तुफानले टर्कीकालागि दोस्रो गोल गर्दै चेक बिरुद्ध तीन अंक सुनिश्चित गरेका थिए।