arrow

सार्क मुलुकमा व्यक्तिगत आयको दर कति छ ?

नेपालको दर मध्यम

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७३ असार ८ बुधबार
saarc-logo.jpg.jpeg
काठमाडौं। सरकारले यसैवर्षदेखि नेपाली नेपालमा बसेर कमाई गर्ने व्यक्तिले गरेको आम्दानीबाट उठाउँदै आएको व्यक्तिगत आयकरको व्यवस्थामा परिवर्तन गरेको छ। सरकारले असुली गर्ने करको व्यवस्थामा गरेको परिवर्तनले पहिलेको भन्दा आम्दानी एकलाख बढी भएपनि कर भने १ प्रतिशत मात्रै तिरेपुग्ने आन्तरिक राजश्व विभागले जनाएको छ।
 
जस्तो कि कुनैपनि अविवाहित व्यक्तिले यस भन्दा अघि २ लाख ५० हजार र विवाहित व्यक्तिले ३ लाख रूपैयाँ वार्षिक नकामाएसम्म वार्षिक १ प्रतिशत मात्रै कर तिरे पुग्थ्यो भने अबको आर्थिक वर्षदेखि कुनैपनि अविवाहित व्यक्तिले ३ लाख ५० हजारसम्म र विवाहित व्यक्तिले ४ लाख नकमाएसम्म सरकारलाई एक लाख मात्रै तिरे पुग्ने व्यवस्था सरकारले गरेको छ। 
 
सरकारले आर्थिक वर्ष २०७३-७४ यो वर्ष ल्याएको आर्थिक ऐनमा सो परिणाममा बृद्धि गरेको हो। त्यस्तै, सो भन्दा एक लाख बढीसम्म १५ प्रतिशत, त्यसदेखि माथि २५ लाखसम्म २५ प्रतिशत र २५ लाख भन्दा माथि जतिसुकै कमाई गर्ने व्यक्तिले पनि प्रतिव्यक्ति कूल आयको वार्षिक ३५ प्रतिशत व्यक्तिगत कर तिर्नुपर्ने व्यवस्था सरकारले गरेको हो। 
 
कस्तो छ त सार्क मुलुकको व्यक्तिगत आयको दर ?
सार्क मुलुकमा नेपालका प्रतिव्यक्ति आयमा लाग्ने करको दर हेर्दा नेपालको यो दर मध्यम स्तरको रहेको छ  नेपाल पछिका सार्क मुलुकमा रहेका बाँकी ७ मुलुकको तुलनामा नेपालको व्यक्तिगत आयको दर सामान्य रहेको देखिएको हो। करको उक्त दरलाई विश्लेषण गर्दा नेपालको र वंगलादेशको कर प्रणालीमा केहीहदसम्म समानता रहेको देखिन्छ। वंगलादेशको दरमा पनि ३ लाख, ४ लाख, ५ लाखसम्म निरन्तर र त्यसपछि ३० लाखसम्म अन्तररहेको देखिन्छ। नेपालको कर प्रणालीमा रहेको त्यसपछिको एकलाखसम्म १५ प्रतिशत भन्ने व्यवस्था आवश्यक नरहेको विश्लेषकहरूको विश्लेषण छ। 
 
सार्क मुलुकमध्ये सबैभन्दा थोरै आम्दानीमा पनि कर तिर्नुपर्ने मुलुक अफगानिस्तान हो। त्यहाँको अफगानी मुलुकको कुरा गर्ने हो भने ६० हजार अफगानी भन्दा बढी कमाउने अफगानी नागरिकले आफ्नो आम्दानीको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको छ। जुन १ लाख ५० हजारसम्म रहेको छ। त्यसपछि १ लाख ५० हजारदेखि १२ लाख रूपैयाँसम्म कमाई हुनेले आफ्नो कूल आम्दानीको १० प्रतिशत कर तिर्नुपर्नेछ भने सो भन्दा माथि जतिसुकै कमाई गर्नेले पनि २० प्रतिशतको दरमा कर तिर्नुपर्ने व्यवस्था रहेको कर सम्बन्धि विषयमा विद्यावारिधी गरेका कर विज्ञ डा. रूप खड्काको सार्क मुलुकमा कर प्रणाली नामक पुस्तकमा उल्लेख छ। 
 
त्यसैगरी, छिमेकी मुलुक भारतको कुरा गर्ने हो भने त्यहाँ दुई लाख ५० हजारसम्म कमाउने व्यक्तिले सरकारलाई कर तिर्न नपर्ने व्यवस्था गरिएको छ। भारतीय कर प्रणालीमा उक्त कुरा समावेश गरिएको छ। सो भन्दा माथिको कुरा गर्दा भारत सरकारले दुई लाख ५० हजारदेखि ५ लाखसम्मको लागि १० प्रतिशत, ५ लाख भन्दा बढी १० लाखसम्म २० प्रतिशत र २० लाख भन्दा बढीको लागि ३० प्रतिशत कर लाग्ने व्यवस्था भारतीय कर प्रणालीमा रहेको छ। 
 
उता, भुटानले भने १ लाखदेखि २ लाख ५० हजारसम्म कमाउनेलाई नै १० प्रतिशत कर बापत असुली गर्ने गरेको छ। त्यसपछि दुई लाख ५० हजारदेखि ५ लाखसम्म १५ प्रतिशत र १० लाख भन्दा बढीको लागि प्रतिव्यक्ति कूल आम्दानीको २० प्रतिशत कर लाग्ने व्यवस्था भुटान सरकारले गरेको छ। 
 
सार्क मुलुकहरूमा रहेको करको व्यवस्थामा नेपालको अवस्थामा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले औँल्याउने गरेका छन्। नेपालमा पहिलोपटक करसम्बन्धि विषयमा विद्यावारिधी गरेका कर विज्ञ रूप खड्का सहित विभिन्न विज्ञहरूसम्मिलित उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको प्रतिवेदनले भने अहिलेको कर प्रणालीको करको दरमा केही सुधार गर्नुपर्ने अवस्था रहेको बताउँछन्। उक्त आयोगमा रहेर काम गरेका विज्ञहरू यहाँ रहेको बीचको १ लाख लगायतका केही प्रावधानहरू सच्चाउनु पर्ने माग पनि गर्दै आएका छन्।
 
उनीहरूको सुझावलाई आधार मान्ने हो भने सुरूको कर लाग्ने रकम ४ लाख बनाउनुपर्ने जसलाई १० प्रतिशत कर लगाउनुपर्ने, त्यसपछिको १३ लाखसम्म २० प्रतिशत गराउने र त्यसपछिको जतिसुकै रकम भएपनि ३० प्रतिशत कर उठाउनु उपयुक्त हुन्छ।
 
उनीहरूले नेपालको कर प्रणाली पनि पाकिस्तानको जस्तो पनि उपयुक्त नहुने भन्दै मध्यम प्रकृतिको हुनुपर्नेमा जोड दिँदै आएका छन्। पाकिस्तानमा करको दरलाई ६० लाखसम्म तोकिएको छ। पाकिस्तानी कर प्रणालीका अनुसार त्यहाँ ४ लाखदेखि ७ लाख ५० हजार रूपैयाँसम्म १० प्रतिशत, ७ लाख ५० हजारदेखि १५ लाखसम्म १५ प्रतिशत, १५ लाखदेखि २५ लाखसम्म २० प्रतिशत र २५ लाखदेखि ४० लाखसम्म २५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ। त्यसैगरी, ४० लाखदेखि ६० लाख कमाउने व्यक्तिले आफ्नो आम्दानीको ३० प्रतिशत र सो भन्दा बढी कमाउने व्यक्तिले आफ्नो आम्दानीको ३५ प्रतिशत कर राज्यलाई तिर्नुपर्ने विद्यमान व्यवस्था रहेको छ। 
 
तर, माल्दिभ्समा भने दुई तहमा मात्रै कर संकलन गरिने गरेको छ। माल्दिभ्स सरकारले ५ लाखसम्म कमाउने व्यक्तिलाई कर लिने गरेको छैन भने त्यभन्दा माथि कमाउने व्यक्तिलाई कूल आम्दानीको १० प्रतिशत कर लगाउने गरेको छ। 
 
सार्क मुलुकमध्येको अर्को मुलुक श्रीलङ्कामा २४ प्रतिशतसम्म कर लगाउने व्यवस्था गरिएको छ। जसमा ५ लाखसम्म कमाउने व्यक्तिले कूल आम्दानीको ४ प्रतिशत, ५ लाखदेखि १० लाखसम्म कमाउनेले कूल आम्दानीको १० प्रतिशत, १० लाखदेखि १५ लाखसम्म कमाउनेले कूल आम्दानीको १२ प्रतिशत, १५ लाखदेखि वार्षिक २० लाखसम्म कमाउनेले २० प्रतिशत र सो भन्दा बढी कमाउनेले वार्षिक आफ्नो आम्दानीको २४ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ। 
 
त्यस्तै बंगलादेशमा भने २ लाख २० हजारसम्मको आम्दानी हुनेलाई कुनै कर तिर्नुपर्ने व्यवस्था गरिएको छैन भने त्यसपछिको तीनलाखसम्म आम्दानी हुनेले १० प्रतिशत, ३ लाखदेखि ४ लाखसम्म आम्दानी हुनेले १५ प्रतिशत, ५ लाखसम्म २० प्रतिशत, ५ लाखदेखि ३० लाखसम्म २५ प्रतिशत र सो भन्दा बढी आम्दानीहुनेले प्रतिव्यक्ति कूल आम्दानीको ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ